कोरोनाबाट २४ घण्टामा ५ महिला र ३ पुरुषको मृत्यु

 न्यूज विराट
कोरोनाबाट २४ घण्टामा ५ महिला र ३ पुरुषको मृत्यु

काठमाडौं, ११ भदौ-बिहीबार नेपालमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा ५ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार ललितपुरमा ६५, बारामा २३, कास्कीमा ३२ रुपन्देहीमा ७० र बाँकेमा ७० वर्षीया महिलाको निधन भएको छ । त्यस्तै, काठमाडौंमा ४८, पर्सामा ६२ र कपिलवस्तुका ५० वर्षीय पुरुषको निधन भएको छ । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १८३ पुगेको छ ।

आज उपत्यकामा ३७७ जनासहित देशभर थप १ हजार १११ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३५ हजार ५२९  पुगेको छ । यसमध्ये २० हजार ७३ जना निको भएका मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

समान शिक्षा बनाउन मुख्यमन्त्री राईको जोड

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विभेदकारी शिक्षा नीतिलाई समान शिक्षा बनाउनुपर्नेमा जोड दिएका छन् । काठमाण्डौ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौता पछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमको अभिमुखिकरण...

त्रिभुवन विमानस्थलबाट आज ११ अन्तर्राष्ट्रिय उडान

काठमाडौं, २० असार-विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको...

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको...

आगलागी पीडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार सहयोग

विराटनगर । आगलागी पिडीतको घर निर्माणका लागि आर्थिक सहयोग गरेर नेकपा (एमाले) रंगेली नगर कमिटीले उदाहरणीय काम गरेको छ । रंगेली ३ स्थित बावुसाहेव टोलका आगलागी पिडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार रुपैयाँ...

मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधज्ञा जारी

विराटनगर, २ कात्तिक–चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमण थप फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १२ दिने निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा हुने भीडभाडले कोरोना संक्रमणको दर उच्च हुने निष्कर्षसहित मोरङ...

पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल हुने, सोमबार पहिलो अडिसन विराटनगरमा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन सोमबार विराटनगरस्थित सेन्टर मलमा हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा यो प्रतियोगिता हुँदै आएको छ...

मन्त्री कार्कीद्धारा फ्लड लाइटको अनुगमन

विराटनगर, २१ पुस-प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले...

दसैँमा नयाँ नोट दिने सीमा घटाइँदै

नेपाल राष्ट्र बैंकले दसैँको मुखमा सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने गरेको छ । गत वर्ष अर्थात २०७७ को दसैँमा कोरोना महामारीको कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यस वर्ष भने दसैँ आउनुभन्दा तीन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्