आज देशभर थपिए १ हजार १११ संक्रमित

 न्यूज विराट
आज देशभर थपिए १ हजार १११ संक्रमित

काठमाडौं, ११ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३५ हजार नाघेको छ । आजसम्म ३५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १५ हजार २७३ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २० हजार ७३ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार ६२९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ ।

सम्बन्धित समाचार

नगरिक केयर सेन्टर विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग

विराटनगर, २ असार । माछापुच्छ्रे बैंक लिमिटेडले नागरिक केयर सेन्टर, विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्व...

तत्काल भुक्तानी दिन निमार्ण व्यवसायीको माग

विराटनगर । निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी राज्यले तत्काल दिनुपर्ने माग राखेका छन् । लामो समयदेखिको बक्यौता भुक्तानी नभएको भन्दै असन्तुष्टि जनाएको उनीहरुले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी काम गरेर बिल पेश गरेको भुक्तानी तत्काल...

भोलि संविधान संशोधन विधेयक पारित गर्ने तयारी, सबै दल संशोधनको पक्षमा

काठमाडौं, ३० जेठ-भोलि संसदमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुनेछ । उक्त प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्वाहाङफेले प्रस्तुत गर्ने छन् । त्यसअघि उक्त विधेयकमाथि...

क्रियाशील सदस्यता विवाद विधिसम्मत समाधान गर्न कांग्रेसका नेताको जोड

काठमाडौँ, २६ कात्तिक-नेपाली कांग्रेसका नेताहरुले पार्टीको क्रियाशील सदस्यतालगायत बाँकी रहेका विवाद यथाशिघ्र विधिसम्मत रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी एवं सदस्यहरुको आज यहाँ भएको बैठकले पार्टीको आसन्न...

६९ जिल्लामा कोरोनाको र्‍यापिड टेस्ट

काठमाडौं, ४ वैशाख-सरकारले ६९ जिल्लामा कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले ६९...

तेस्रो प्याब्सन कप : विराटनगरका चार स्कुल क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार स्कुल क्वाटरफाइनमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा बिहीबार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...

पाँचौ मिल्स गोल्डकपको फाइनल आइतबार : उपाधि जित्नेमा दुवै टिम आत्मविश्वासी

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट र मोरङको लेटाङ फुटबल क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।विराटनगर जुटमिल खेल मैदानमा आइतबार हुने फाइनलमा दुवै टिम...

कोशी प्रदेश सरकारविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्