विराटनगरमा ४३ सहित प्रदेश १ मा आज १०८ संक्रमित थपिए

 न्यूज विराट
विराटनगरमा ४३ सहित प्रदेश १ मा आज १०८ संक्रमित थपिए

विराटनगर, १० भदौ–प्रदेश १ मा बुधबार १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशको राजधानी विराटनगरमा मात्र बुधबार ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहवीमा २ पुरुष , धरानमा १ महिला, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ ।

उता तेह्रथुमको म्याङलुङमा ४ महिला ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ ।

प्रदेश १ मा बुधबार ८१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हालसम्म पिसिआर परिक्षण संख्या ८२ हजार १०२ पुगेको छ ।

सम्बन्धित समाचार

सप्तरीमा ३ जनाकाे मृत्यु, कोरोना संक्रमणको आशंका

सप्तरी, २१ साउन-सप्तरीमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोना जस्तै लक्षण देखिएका ३ व्यक्तिको मृत्यु भएको मृतकमध्ये १ जना होम क्वारेन्टाइनमा थिए भने २ जना अस्पतालमा उपचार गराइरहेका थिए ।...

लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती

सुर्खेत, वैशाख ४-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।बैंकमा लकडाउन पनि भीडभाड हुने, रकम झिक्ने र जम्मा गर्ने काम भएकाले बैंकका तल्ला तहका कर्मचारीमा...

गण्डक अस्पतालमा बाराका २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ९ भदौ-बारामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । महागढीमाई नगरपालिका-४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका ५ औरयाटोलका...

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ९-नेपालमा २० जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । बाँकेका १४ जना र मोरङका १ जना गरी २० जनामा कोरोना...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही

काठमाडौं, १४ वैशाख-प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । यसअघिका प्रवक्ता शैलेश थापा क्षेत्री एआइजीमा बढुवा भएपछि आइतबार प्रवक्ताको जिम्मेवारी शाहिलाई दिएको प्रहरी...

माधवको गृहजिल्ला रौतहटमै रित्तिने अवस्थामा पुग्यो नेकपा एस

रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।...

नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका...

सरकार टिकाउने चिन्ता छैन, भ्रष्टाचारविरोधी अभियान अन्तिमसम्म पुर्‍याउँछु : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पु¥याउने प्रतिज्ञा आफूले लिएको बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको उनले दाबी गरे । विराटनगरको सन्देशसभालाई आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्