४७ जिल्लामा निषेधाज्ञा : स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको निर्देशन

 न्यूज विराट
४७ जिल्लामा निषेधाज्ञा : स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको निर्देशन

काठमाडौं, ७ भदौ-गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।  कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । उनले भने, ‘यस्ता गतिविधि कहीँ कतै हुन्छन्, सहयोगको खाँचो हुन्छ, अहिलेको अवस्थामा उहाँहरुलाई सबैको साथ र सहयोग जरुरी छ ।’

जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम गर्नेलाई दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिइएको समेत उनले बताए । त्यस्ता कार्य हुन र गर्न नदिन तथा संलग्न हुने उपर तत्काल कानुन बमोजिम कारवाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरिएको उनले जानकारी दिए ।

पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीलगायतका राष्ट्रसेवकप्रति केही उच्छृङ्खल व्यक्तिबाट दुव्र्यवहार तथा अपमान गरेका घटना सार्वजनिक भएका थिए । कतिपय अवस्थामा सङ्क्रमितको घर हो भनेर टाँसेर सामाजिक तिरस्कारसमेत गरेका घटना बाहिर आएका थि

चितवनका चिकित्सक विश्ववन्धु बगाले आफैँ पनि त्यस्ता गतिविधिको शिकार भएका थिए । उनले यस्ता गतिविधिले सङ्क्रमितहरु झन पीडित हुनुपरेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स हालेर नै त्यसको विरोध गरेका थिए । कतिपय स्थानमा सङ्क्रमितलाई राख्न नहुने भन्दै प्रदर्शन गरिएको घटना सार्वजनिक भएका थिए ।

स्वास्थ्य विज्ञहरूले यस्ता घटनाले रोकथामको अग्रभागमा खटिएका व्यक्तिलाई निरुत्साहित पार्ने बताउँदै आएका छन् । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण नेपालमा पछिल्लो समयमा दिन प्रतिदिन बढ्दै गएको छ । कोभिड–१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णय, गृह मन्त्रालयको निर्देशन तथा जिल्लाभित्र कोभिड–१९ को सङ्क्रमण जोखिमको मुल्याङ्कन, विश्लेषणसमेतको आधारमा थप जोखिम बढ्न नदिन सरकारले आवश्यक कदम चाल्दै आएको छ ।

जोखिम रोक्न सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाडौं उपत्यकाका तीनवटै जिल्लासहित हालसम्म ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी भइ समन्वयात्मकरूपमा कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण जोखिम कम गर्ने सम्बन्धमा भएका निर्णय र निर्देशन कार्यान्वयनको प्रभावकारिताका लागि ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजनमा संयुक्त अनुगमन टोली परिचालन गर्ने व्यवस्थासमेत मिलाइएको छ । उद्धार उडानबाट स्वदेश आउने व्यक्तिलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा राख्ने क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापनको प्रक्रियासमेत शुरु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै मुलुकको दक्षिणी सिमामा तोकिएका प्रवेश विन्दुबाट आवागमनको अभिलेख राखी व्यवस्थापन गर्ने कार्य भइरहेको छ । साथै अत्यावश्यक सेवासँग सम्बन्धित पेसा र व्यवसाय सञ्चालन गर्दा मास्क लगाउने, न्यूनतम सामाजिक दूरीको पालना गर्ने र गराउनेजस्ता जनस्वास्थ्यका मापदण्ड, प्रोटोकल पालना भए नभएको सम्बन्धमा निरन्तर अनुगमन भइरहेको मन्त्रालयका प्रवक्ता बुढाद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

मास्क नलगाउने ३१ हजारलाई कारबाही 

मन्त्रालयले हालसम्म मास्क प्रयोग नगरी हिड्ने ३१ हजार बढीलाई कारवाही गरेको छ । आजसम्म कुल ४ लाख ६४ हजार २१६ व्यक्तिलाई नियन्त्रणमा लिइ सोमध्ये ३ लाख ९० हजा ५४५ जनालाई सम्झाइबुझाइ गरी छाडिएको तथा ४२ हजार ६५ जनालाई मास्क वितरण गरी सम्झाइबुझाइ पठाइएको जनाइएको छ । यस्तै ३१  हजार ६०६ जनालाई जरिवाना गरी छाडिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म अनुमति नलिइ काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ८ हजार ६१२ सवारीसाधन तथा अनुमतिविना उपत्यका प्रवेश गर्न खोज्ने २० हजार ८७६ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा निरन्तर सहयोगका लागि सबैमा अनुरोधसमेत गरेको छ । रासस  

सम्बन्धित समाचार

विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

विराटनगर । घरेलु टोली विराटनगर सिटी बीसीएफले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै...

विराटनगरमा ११ जनासहित प्रदेश १ मा आज ५६ संक्रमित थपिए, संक्रमितको संख्या ३३६७ पुग्यो

विराटनगर, १५ भदौ-प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला...

माधव समुहबारे निर्णय लिन एमालेले बालायो स्थायी कमिटी बैठक, सातै प्रदेशका अध्यक्षलाई पनि डाकियो

काठमाडौं, साउन २१ । नेकपा एमालेले माधव नेपाल समुहको रणनीतिबारे स्पष्ट धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाएको छ । माधव समूहले पार्टीको लेटरप्याड दुरुपयोग गरी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेले स्थायी कमिटी...

लेकाली समुदायमा न दसैँ आउँछ, न तिहार

विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न  दसैँ आउँछ, न त तिहार नै । त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय...

जानकी मन्दिरमा दर्शनार्थीलाई प्रवेश रोक

कोरोना भाइरसका कारण जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको द्वार सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिरमा पूजा हुन्छ तर सर्वसाधारणको प्रवेश रोकिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । दर्शनार्थीको सुरक्षाका लागि...

विराटनगरको जनरल हस्पिटलमा आँखाको उपचार सुरू

विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको...

स्थानीयलाई मार्का नपर्नेगरी हुलाकी राजमार्ग विस्तार गर्न र क्षतीपूर्ती दिन कटहरीबासीको माग

विराटनगर, १० चैत । विराटनगर–रंगेली सडकखण्डमा निर्माणाधीन हुलाकी सडकको विस्तार गर्दा स्थानीयलाई कम मार्का पार्ने गरी विस्तार गर्नुपर्ने कटहरीबासीले माग गरेका छन् । स्थानीयवासी सम्मिलित हुलाकी सडक संघर्ष समिति कटहरीले मंगलबार सो विषयको ज्ञापनपत्र गाउँपालिकालाई...

विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने

विराटनगर/ विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । सुर्तीजन्य पदार्थरहित दिवस २०७९ को अवसरमा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर शिल्पा कार्कीले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्