प्रदेश २ : होम आइसोलेसनमा बस्नेकाे संख्या ३ हजार बढी

 न्यूज विराट
प्रदेश २ : होम आइसोलेसनमा बस्नेकाे संख्या ३ हजार बढी

धनुषा, ७ भदौ-प्रदेश २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । प्रदेशका अस्पतालहरूको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागेपछि बितेका ६ दिनमै होम आइसोलेसनमा बस्ने ३ हजार २ सय ७ पुगेका छन् ।

साउन मसान्तमा यो सङ्ख्या १ हजार ६३ थियो । भदौका ६ दिनमा मात्रै २ हजार १ सय ४४ जना होम आइसोलेसनमा बस्ने थपिएका हुन् । आफ्नै घरमा रेखदेख, स्याहारसम्भार र वास्ता राम्रो हुने ठहरका साथ होम आइसोलेसनमा बसेको संक्रमण पुष्टि भएकाहरूको भनाइ छ ।

ठीक आहारव्यवहार, सन्तुलित खानपान र भौतिक दूरी निर्वाहबाट संक्रमणमुक्त हुन सकिने भएपछि यस्ता संक्रमित आफ्नै घरमा बस्न थालेका हुन् । ‘सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि जनताका काममा लागि रहँदा संक्रमित भइएछ’, अहिले होम आइसोलेसनमा बस्दै आएका महोत्तरीको भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले भने, ‘बस्ने तौरतरिका, निर्वाह गर्नुपर्ने सतर्कता, सन्तुलित खानपानको तालिका र आहारव्यवहारबाटै कोरोना परास्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गर्न पनि होम आइसोलेसन प्रभावकारी हुने लाग्यो, घरका सबैले परबाट हेर्न पाइरहेका र ठिकठाक देखेपछि सबैमा यो संक्रमणबाट मुक्त हुइने आत्मविश्वास जागेको महसुस गरेको छु ।’

सम्बन्धित समाचार

मेरील्याण्डमा विद्यार्थीको आकर्षण, नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजमा विद्यार्थीको आकर्षण देखिएको छ ।गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको...

वुहान प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण मसँग छ : ट्रम्प

एजेन्सी, बैशाख १९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको आफूसँग प्रमाण रहेको दाबी गरेका छन् ।गुप्तचर एजेन्सीले कोरोना भाइरस जानीबुझी बनाएको नदेखिएको बताएकै दिन ट्रम्पले भने आफूसँग कोरोना भाइरस पैदा गरेको प्रमण रहेको...

दसैँमा नयाँ नोट दिने सीमा घटाइँदै

नेपाल राष्ट्र बैंकले दसैँको मुखमा सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने गरेको छ । गत वर्ष अर्थात २०७७ को दसैँमा कोरोना महामारीको कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यस वर्ष भने दसैँ आउनुभन्दा तीन...

उम्मेद्वार टुंगो लगाउन आज एमाले सचिवालयको बैठक

भक्तपुर, बैशाख १० । महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे...

‘प्रेस’ लेखिएको भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हतियारसहित २ जना पक्राउ

सर्लाही, जेठ ४-सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब आफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १२ स्थित बखरी आधारभूत विद्यालयमा विराट नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । चार जना चिकित्सक र...

विराटनगरमा अस्ताउँदो सूर्यलाई यसरी दिइयो अर्घ (फोटो फिचर)

विराटनगर । तराईका जिल्लामा हर्षोउल्लासका साथ मनाइने छठ पूजाको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएको छ । छठघाटमा पुगेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्य भगवान्लाई अर्घ दिएका हुन् । साँझ विराटनगरको सिंघिया,...

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै हालसम्म मुलुकमा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्