रुसले फेरी बनायो कोरोनाको अर्को खोप

 न्यूज विराट
रुसले फेरी बनायो कोरोनाको अर्को खोप

मस्को, ७ भदौ–रुसले कोरोना भाइरसविरुद्ध पहिलो खोप विकास गरेको रुसले पुनः दोस्रो खोप पनि बनाएको दाबी गरेको छ । रुसको दोस्रो खोपको परीक्षण सेप्टेम्बरमा पूरा हुने बताइएको छ । यो खोपको नाम एपिभ्याककोरोना राखिएको छ । रुसले यो खोपको कुनै ‘साइड इफेक्ट’ नभएको समेत बताएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनिक भी नामको कोरोनाविरुद्धको खोप बनाएको घोषणा गरेका थिए । यद्यपि यो खोपको केही साइड इफेक्ट भएको भन्दै आलोचना भएको थियो । यो खोप साइबेरियन भेक्टर अनुसन्धान केन्द्रले विकास गरेको हो । यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप सन् २०२१ अघि उपलब्ध नहुने बताएको थियो ।

रुसको एपिभ्याककोरोना खोपको निर्माण साइबेरियामा सोभियत संघको एक प्रमुख गोप्य बायोलोजिकल हतियारको प्लान्टमा भइरहेको छ । स्पुतनिक न्युजका अनुसार रुसको उपभोक्ता अधिकार संरक्षण र मानव कल्याण वाचडग रोसोट्रेबनादजोरले भने, ‘पहिलो चरणमा १४ र दोस्रो चरणमा ४३ जनालाई खोप दिइएको थियो ।’

यो परीक्षणमा सहभागी भएका सबैलाई राम्रो भएको छ । वैज्ञानिकका अनुसार खोप दिइएकाहरुलाई २३ दिनसम्म अस्पतालमा राखिएको थियो । सो समयमा गरिएको परीक्षणमा कसैमा पनि साइड इफेक्ट देखिएको छैन ।

यसैबीच घरेलु विनियामक अनुमोदन प्राप्त गर्नका लागि देशको पहिलो सम्भावित कोभिड–१९ को खोपको सामूहिक परीक्षणमा ४० हजारभन्दा बढी मानिसले सहभागिता जनाउँनेछन् ।

आगामी साता एक विदेशी अनुसन्धान निकायले यसको निरीक्षण गर्नेछ । एक अधिकारीले खोपको डाटा यसै महिनाको अन्तिममा एक शैक्षणिक पत्रिकामा प्रकाशित गरिने जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित

एजेन्सी, साउन १८-भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका छन् । गृहमन्त्री शाहले ट्विट गर्दै आफूमा कोरोना...

केराबारीमा ट्रयाक्टर दुर्घट्ना हुदा सहचालकको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित...

कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं, मंसिर २५ । सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा आज मनोयन दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण...

सरकारले कित्ता काट खोल्न गरेको पत्राचार स्वागतयोग्यः व्यवसायी

विराटनगर, २४ भदौ-मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ता काट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४...

अग्नी नियन्त्रक र चालक सम्मानित

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र...

ओली आज विराटनगर आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान विराटनगर आउँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली विराटनगर आउन लागेका हुन् । शुभकामना आदानप्रदानका साथै पार्टी...

सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

सप्तरी, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा...

आज प्रदेश १ मा ४३ संक्रमित थपिए, ७२० जना डिस्चार्ज

विराटनगर, ११ कात्तिक–दशैँ सुरु भएसँगै प्रदेश १ मा कोरोना परिक्षण दर घटेको छ । सोमबार दशैँको टिकाका दिन पनि ५ सय ८१ जनाको पीसीआर परिक्षण भएकोमा मंगलबार १ सय ६४ जनाको मात्र पीसीआर परिक्षण गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्