कोरोना संक्रमण बढ्दै गएपछि दमकमा १३ भदौ सम्म लम्बियो लकडाउन

 न्यूज विराट
कोरोना संक्रमण बढ्दै गएपछि दमकमा १३ भदौ सम्म लम्बियो लकडाउन

विराटनगर, ६ भदौ-दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि झापाको दमक नगरपालिकाले आगामी १३ गते भदौसम्म लकडाउन लम्ब्याएको छ । शनिबार दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको अध्यक्षतामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितीको बैठकले कोरोना संक्रमित बढेको भन्दै लकडाउन भदौ १३ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरेको थियो । त्यो अवधि आजै राती सकिने भएकाले आज नै थप १६ जनामा कोरोना पुष्टि भएपछि नगरपालिका लकडाउन थप गर्ने निष्कर्षमा पुगेको मेयर ओलीले बताए ।

आज आएको रिर्पोट अनुसार दमकस्थित नेपाल बिधुत प्राधिकरणका ७ कर्मचारी, ८ जना प्रहरी र दमक फार्मेसीका १ गरी थप १६ जनामा कोरोना पुष्टि भएको छ । दमक फार्मेसीका एक पुरुषमा कोरोना देखिएसँगै फार्मेसी सिल गरएको छ । दमकमा मात्र कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । दमकमा नगरपालिकामाम समुदायस्तरमै संक्रमण देखिन थालेको छ । मेयर ओलीले लक डाउन अवधिभर अत्यावस्यक बाहेक बजार, पशल, सवारी अवागमन ठप्प रहने जानकारी दिए ।

सम्बन्धित समाचार

वीरगञ्जमा थप १ कोरोना संक्रमित महिलाको मृत्यु

जनकपुरधाम,   ७ भदौ-कोरोना संक्रमणबाट बीरगञ्जमा थप १ महिलाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका-११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वामा समस्या देखिएपछि...

उच्च अदालत विराटनगरका एक न्यायाधीशमा कोरोना पुष्टि

विराटनगर, ९ भदौ–उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा गराएको पीसिआर परीक्षणको रिपोट अनुसार उच्च अदालतका एक जना न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो । सोमबार स्वाब संकलन...

कांग्रेसले प्रस्ताव गर्यो नेतादेखि समर्थकसम्मको बरियता

काठमाडौं, असार २८ । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा मात्रै पर्ने देखिनुभएको छ । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय...

टी – २० क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै...

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता

विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरको डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन अन्तर्गत इन्ट्रयाक्ट क्लब डिएभी र डिपिएसको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । ‘माबाइल फोन...

सीमावर्ती सवै वडा सिल गर्ने रतुवामाईको निर्णय

विराटनगर, जेठ १०–भारतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछी भारतसँग सीमा जोडिएका रतुवामाई नगरपालिकाका सवै वडा सिल गरिएको छ । रतुवामाई नगरपालिकामा शनिबार स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि नगर क्षेत्रमा कोरोना संक्रमण रोक थाम...

लकडाउनविरुद्ध बन्दुकसहित प्रदर्शन, समर्थनमा ट्रम्पको ट्विट

एजेन्सी, बैशाख ६-अमेरिकाका विभिन्न राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन गरेका छन् । विशेषगरी डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका छन् । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन...

मोरङको ग्रामथान गाउँपालिकाले सञ्चालन गर्यो कोभिड–१९ अस्थायी अस्पताल

विराटनगर, ५ वैशाख । मोरङको ग्रामथान गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई उपचार गराउने उद्धेश्यले ग्रामथान गाउँपालिका वडा न २ स्थित पिडाडवनीमा आइतबारदेखि अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्