आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

 न्यूज विराट
आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

सङ्खुवासभा, ६ भदौ-संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् ।

हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान शुरु गरेको जनाएको छ । जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो ।

अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । करिब १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । झाका अनुसार ७० पीपीइ सेट, प्यासेन्ट मनिटर, सक्सन मेशिन, अक्सिजन मेशिन, अक्सिजन डिभाइडरलगायतका सामग्री हराएको छ ।

अहिले आइसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए । तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको श्रेष्ठले बताए । – रासस

सम्बन्धित समाचार

लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती

सुर्खेत, वैशाख ४-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।बैंकमा लकडाउन पनि भीडभाड हुने, रकम झिक्ने र जम्मा गर्ने काम भएकाले बैंकका तल्ला तहका कर्मचारीमा...

काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

काठमाडौं, १८ वैशाख-काठमाडौं महानगरपालिका–३१, देउराली क्लबनजिकै ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित ३ जना घाइते...

पाल्पा पहिरो अपडेट : थप १ जनाको शव भेटियो

बुटवल, ९ असार-सोमबार दिउँसो तानसेन नगरपालिका-११ सम्मोबारीमा गएको पहिरोमा पर्ने थप १ जनाको शव भेटिएको छ । सम्मोबारीमा गएको पहिरोमा भएको दुर्घटनाको उद्धारका क्रममा थप १ जनाको शव फेला परेको प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका...

आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

काठमाडौं, ४ जेठ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पासकाे व्यवस्था गर्ने भएकाे छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा...

काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण

बिहीबार काठमाडौं उपत्यकामा ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । १५२ महिला र २११ पुरुष गरी उपत्यकामा आज ३ सय ६३ संक्रमित थपिएका हुन् । देशभर आज ६ हजार ५ सय ८८ को पीसीआर...

एमाले मोरङको अधिवेशन, नयाँ नेतृत्व चयनको लागि बुधबार विहान मतदान

विराटनगर । नेकपा एमाले मोरङको जारी १० औं जिल्ला अधिवेशनबाट नया नेतृत्व चयनका लागि बुधबार विहान मतदान हुने भएको छ । आज हुने भनिएको मतदान निर्वाचन कमिटीले बुधबार विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन...

९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री

एजेन्सी, २ असोज । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरू ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे...

स्थायी कमिटी बैठक बसेन, मन्त्रिपरिषद बैठकका लागि हिँडे मन्त्री

काठमाडौं, १८ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दै नबसी स्थगित भएको छ ।बैठक नबसेपछि स्थायी समिति सदस्यहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । बिहान ११ बजे बोलाइएको बैठकअघि प्रधानमन्त्री केपी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्