२४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु

 न्यूज विराट
२४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु

काठमाडौं, ६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट ६ वर्षीया बालिकासहित ९ जनाको निधन भएको छ । शुक्रबार एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

शनिबारको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार पर्सामा एकै दिन ३ जनाको मृत्यु भएको छ । पर्साका ६१, ५८  र ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यस्तै, सुनसरीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यहाँ ६ वर्षीय बालिका र ६७ वर्षीय पुरुष मृत्यु भएको हो ।

यसैगरी, बारामा ५८ वर्षीय, सिरहामा ६८ वर्षीय, मकवानपुरमा ५६ वर्षीय, भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोनाबाट निधन भएको उनले बताए । योसँगै देशभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । कुल संक्रमितमध्ये ०.५ प्रतिशतको कोरोनाबाट मृत्यु भएको उनले बताए ।

सम्बन्धित समाचार

कोरोनाविरुद्धको लडाईमा प्रतिपक्षी कांग्रेसका सुझाव उपयोगी : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोना भाइरसविरुद्धको लडाईमा ऊर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले सरकारलाई बुझाएको १७ बुँदे सुझाव...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए

विराटनगर, ५ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ बाट चार सय ४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार दुई सय २६ पुगेको छ । प्रदेश...

पहिचानवादीको आन्दोलन रोक्न विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर...

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता

विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरको डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन अन्तर्गत इन्ट्रयाक्ट क्लब डिएभी र डिपिएसको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । ‘माबाइल फोन...

पढाईप्रति अभिरूची बढाउन शिक्षादीप कलेजद्धारा विद्यार्थीलाई ‘मोटिभेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरूलाई मोटिभेसन तालिम दिएको छ । एसईई दिएर बसेका विद्यार्थीहरूको लागि कलेजले आइतबार मोटिभेसन कार्यक्रम आयोजना गरिएको हो । एइइको परीक्षा दिएर बसेका करिब पाँच सय बढी विद्यार्थीहरूलाई दुई समूह...

चोरीको ३६ केजी चाँदीसहित विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट ३६ केजी चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

सुर्खेतमा थपिए १५ कोरोना संक्रमित, मृतक युवकको रिपोर्ट नेगेटिभ 

सुर्खेत, १५ जेठ-पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ संक्रमित फेला परेका छन् । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण...

पाकिस्तानमा २ युवतीको हत्या

एजेन्सी, जेठ ४-पाकिस्तानमा इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडियाेका कारण २ युवतीको हत्या भएको छ । उत्तर र दक्षिण वजिरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती २ जनालाई गत साता आफ्नै परिवारका १ सदस्यले गोली हानेर हत्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्