लक्षण नभएकालाई अस्पताल भर्ना नगरिने

 न्यूज विराट
लक्षण नभएकालाई अस्पताल भर्ना नगरिने

काठमाडौं, ५ भदौ-अब लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमै राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले लक्षण नभएका र सामान्य लक्षण नभएका व्यक्ति आफ्नै घरमा आइसोलेसनमा बस्न चाहानेहरूलाई स्वास्थ्य प्रोटोकल पालना हुने सुनिश्चित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य संस्था वा इकाइले अनुमति दिने उनले बताए । सो को अनुगमनका लागि  मन्त्रालयले तोकेको मापदडअनुसार स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गर्नुपर्नेछ ।

यस्तै, सरकारले जुनसुकै स्वास्थ्य संस्था वा निजी सामुदायिक अस्पतालबाट समेत सेवा सञ्चालन र जनशक्ति परिचालन गर्ने/गराउने निर्णय पनि गरको छ । आवश्यकता अनुसार जुनसुकै अस्पताललाई कोभिडको उपचारका लागि मात्रै तोक्न सक्ने निर्णय पनि सरकारले गरेको  छ । कसैले बाधा अवरोध गरेमा कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सम्बन्धित समाचार

विराटनगरमा फरक क्षमता भएका व्यक्तिमाथि कुटपिट गरी लुटपाट, ९ दिनपछि पक्राउ

विराटनगर । फरक क्षमता भएका एक जना व्यक्तिलाई निर्घात कुटपिट गरेर लुटपाट गरेको आरोपमा विराटनगर महानगरपालिका–११ का २४ वर्षीय राजकुमार सहनीलाइ प्रहरीले पक्राउ गरेको छ ।विराटनगरमा शारीरिक रूपले फरक क्षमता भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई...

उत्कृष्ट विद्यार्थीलाई कान्तिपुर कलेजको सम्मान

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो ।कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत निबन्ध लेखन, कान्तिपुर क्विज, कविता...

कांग्रेसकाे प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले पहिलाेपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्दै छ । पार्टीकाे १४औँ महाधिवेनअन्तर्गत आजदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु हुन लागेकाे हाे । स्थानीय तहकाे अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले...

लकडाउनले हनुमान जयन्ती पनि प्रभावित

लकडाउनका कारण हनुमान जयन्ती पनि प्रभावित भएको छ । बजारमा मात्रै नभइ जनकपुरधामको हनुमान मन्दिरहरूमा पनि औपचारिकताका लागि मात्रै पूजा भएको छ । जसरी चैती दूर्गा, चैती छठ र रामनवमी जनकपुरधाममा भएको थियो त्यस्तै हनुमान...

शेरबहादुर फर्किए प्रचण्ड–माधव समूहमा

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुले आफ्नो ‘कित्ता क्लियर’ पार्ने क्रम जारी छ । यसै क्रममा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका नेता शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किएका छन् ।...

डिएभी र न्यू मून क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित...

देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति, एक–एकको यसरी गरे भण्डाफोर

काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १ सय ५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्