कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको स्तरोन्नती गर्ने प्रदेश सरकारको निर्णय

 न्यूज विराट
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको स्तरोन्नती गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर, ५ भदौ–प्रदेश सरकारले विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रलाई लेभल टु मा स्तरोन्नती गर्न आवश्यक जनशक्ति नियुक्त गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विज्ञसँग छलफल र परामर्श गरी कोभिड अस्पताललाई लेभल टु मा स्तरोन्नती गर्न आवश्यक दरबन्दी सिर्जना गरी नियुक्ति प्रकृया अघि बढाउन सामाजिक विकास मन्त्रालयलाई अनुमति दिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

कोभिड १९ अस्पताल विराटनगरमा आवश्यक जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर सञ्चालनमा समस्या हुँदै आएको छ । त्यसै गरी मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्न स्नातकोत्तर क्याम्पस विराटनगरको जग्गा प्रदेश प्रयोगशालाको नाममा पाप्त गर्नका लागि स्वीकृति दिएको छ ।

सम्बन्धित समाचार

रामेश्‍वर दंगाल सचिवमा बढुवा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ९ सचिव

सह-सचिव रामेश्‍वर दंगाल सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दंगाललाई सचिवमा बढुवा गरेको हो । लोक सेवा आयोगले सचिवमा बढुवाका लागि दंगालसहित मुकुन्दप्रसाद निरौला र विनोद सिंहको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद्...

९२ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार...

मंगलबार विराटनगरमा २०१ संक्रमित थपिए

विराटनगर, ११ जेठ । मंगलबार विराटनगरमा १०९ महिला र ९२ पुरुष सहित २०१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ५६२४ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १३०३ जना कोरोना संक्रमण...

जेभियर्स स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभियर्स इङ्गलिस स्कुलको १० औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव र अभिभावक...

२४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजासर ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

हुन्डीको ६५ लाख रुपैयाँसहित कालीमाटीबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, १५ असार-काठमाडौंको कालीमाटीबाट हुन्डीको ६५ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रमेश सिंह रहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी किशोर कार्कीले बताए । एसपी कार्कीका अनुसार सिंहलाई महानगरीय...

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक २५ दिनमा कोरोनालाई जितेर घर फर्किए

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित धनढीका ३४ वर्षीय अमृत शाही सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । धनगढी उप–महानगरपालिका-५ का शाहीकोको लगातार २ पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले मंगलबार डिस्चार्ज गरेको छ। उनी २५...

नेपालमा थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं, ६ साउन । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्