काेराेना संक्रमणबाट प्रदेश २ मा ५२ जनाको मृत्यु

 न्यूज विराट
काेराेना संक्रमणबाट प्रदेश २ मा ५२ जनाको मृत्यु

जनकपुर, ५ भदौ-मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा ८ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ ।

यस प्रदेशअन्तर्गतका ८ वटै जिल्लाबाट कोरोनाको संक्रमणको चपेटामा परेको छ । सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको देखिएको छ । सो जिल्ला कोरोनाबाट २५ जनाको मृत्यु भइसकेकाे छ भने दोस्रो धनुषा जिल्लामा ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, बारामा ६, सप्तरीमा ४, रौतहटबाट ३, महोत्तरी र सिरहाबाट २-२ र सर्लाही जिल्लामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबार अपराह्नसम्म यस प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ८ हजार ६३ पुगेको छ । सोमध्ये ३ हजार ९ सय ८४ जना उपचार गराई घर फर्केका छन् भने ३ हजार ८ सय ९५ जनाको उपचार भइरहेको छ ।

प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्य तीव्र रुपमा भइरहेको छ । अहिलेसम्म ८५ हजार ७ सय ६४ को स्वाबको नमूना सङ्कलन गरिएको छ । सङ्कलित स्वाबमध्ये ७२ हजार ७ सय ८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ हजार ९ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

भारतबाट आउने वा सशङ्कित व्यक्तिका लागि यस प्रदेशमा निर्माण गरिएको २ सय १७ वटा क्वारेन्टाइनमा १३ हजार ७ सय ४८ वटा शय्याको व्यवस्था गरिएको छ । ती क्वारेन्टाइनमा १ हजार ३ सय २७ जनालाई राखिएको छ भने होम क्वारेन्टाइनमा २ हजार १ सय ८८, आइसोलेसनमा ४ सय ६१ र होम आइसोलेसनमा ७ सय ६२ जना बसेका छन् ।

८ वटै जिल्लाको सिमाना भारतसँग जोडिएको छ । भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ । सिमानामा आवतजावतमा रोक लगाइएको भए पनि लुकिछिपी भित्रिने व्यक्तिमध्ये कतिपय कोरोनाबाट संक्रमित पाइएका छन् । त्यस्ता व्यक्तिहरु परिवारमा घुलमिल गरेर बसेपछि कोरोनाको संक्रमण ह्वात्तै बढेको देखिएको छ । (रासस)

सम्बन्धित समाचार

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं, २० मंसिर-नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । पार्टी सचिवालय बैठक सुरु भएको र...

जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा

जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो । महानगरीय प्रहरी अपराध...

३० हजारको रेम्डेसिभिर १ लाख २० हजारमा बेच्न खोज्ने पक्राउ

कोभिड-१९ संक्रमितलाई आवश्यक पर्ने रेम्डेसिभिरलाई कालोबजारी गर्ने एक व्यक्ति काठमाडौंको बसुन्धराबाट पक्राउ परेका छन् । ३० हजार पर्ने ६ थान रेम्डेसिभिर १ लाख २० हजारमा बिक्री गर्न खोज्ने गोरखा आरुघाट-४ भर भई काठमाडौंको टोखा बस्ने २५...

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका...

गभर्नरमा तीन जनाको नाम सिफारिस

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको गभर्नर छनोट समितिले ३ जनाको नाम छनोट गरेको छ । गभर्नरको अवकाश भएको १९ दिनपछि छनोट समितिले ३ जनाको नाम टुंग्याएको हो । अर्थमन्त्री खतिवडासहित पूर्वअर्थसचिव कृष्णहरी बाँस्कोटा र...

मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका –...

महाअभियोगबारे चोलेन्द्रले खोले मुख

काठमाडौं, फागुन २ । संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन चुनौती दिनुभएको छ । सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी...

आगामी महाधिवशेनमा सभापतिमा उठ्छु : काँग्रेस नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्