स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन सभामुखको अनुरोध

 न्यूज विराट
स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन सभामुखको अनुरोध

काठमाडौं, ५ भदौ-सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । हरितालिका तीज २०७७ का अवसरमा शुभकामना दिँदै उनले नोभल कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विगतमा जसरी यो पर्व मनाउने अवस्था नरहेको बताएका छन् ।  

कोरोनाका कारण उत्पन्न महामारी दिनप्रतिदिन विस्तारित र जोखिमपूर्ण भइरहेको उल्लेख गर्दै उनले उच्च सतर्कता अपनाउँदै पर्व मनाउन आह्वान गरेका छन् ।

हरितालिका तीज पर्वको माध्यमबाट सामाजिक सद्भाव र पारिवारिक एकतामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले तीज पर्व सम्पूर्ण दिदीबहिनीको स्वतन्त्र, सुरक्षित र सम्मानपूर्ण जीवन यापन गर्नसक्ने वातावरण बनाउने बहसको अवसर पनि बनोस् भनी कामना गरेका छन् ।

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि तीजका अवसरमा शुभकामना दिँदै उच्च सतर्कताका साथ पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।

‘चाडपर्वहरू मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ,’ उनले जारी गरेको सन्देशमा उल्लेख छ, ‘पारिवारिक मिलन र सामाजिक सद्भावपूर्ण यस पर्वमा समेत जमघट गर्न अहिलेको समय प्रतिकुल भएकाले सम्पूर्णमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै मनाउनुहुन हार्दिक अनुरोध गर्दछु ।’

सम्बन्धित समाचार

डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

डडेल्धुरा, ३१ जेठ-डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ...

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

काठमाडौँ, १९ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा...

मेलम्चीको काम जारी, फिनिसिङ कार्य अन्तिम चरणमा

काठमाडौं, १९ वैशाख-बन्दाबन्दीको १ महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल...

शिक्षादीपका विद्यार्थीको लागि टेकस्पायर कलेजद्धारा ५० लाखको छात्रवृत्ती

विराटनगर । काठमाण्डौको आइटीको क्षेत्रमा चर्चित टेकस्पायर कलेजले विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि छावृत्ती प्रदान गरेको छ । टेकस्पायर कलेजले शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि शुक्रबार ५० लाख बरावरको छात्रवृत्ती प्रदान गरेको हो । उक्त छात्रवृत्ती...

सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई

काठमाडौं, फागुन २३-तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन नेकपा एमाले र नेकपा...

सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ,...

अब भ्याक्सिनको क्याम्पेन नै चल्ने छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको खोप लगातार आउने बताउँदै भ्याक्सिनको क्यम्पेन नै चल्ने उल्लेख गरेका छन् । नेपाल भ्याक्सिन पाइएन भन्ने अवस्थाबाट अगाडि बढेको उनले बताए । त्रिशुली- ३ बी प्रसरण लाइन र सबस्टेसनको...

उपत्यकामा आज ५९४ जनामा कोरोना संक्रमण

मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६३ महिला र ३ सय ३१ पुरुष हुन् । आज देशभर ८ हजार ९ सय ४७ को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्