कोरोनाबाट वीरगंजकी ४० वर्षीया महिलाको मृत्यु

 न्यूज विराट
कोरोनाबाट वीरगंजकी ४० वर्षीया महिलाको मृत्यु

जनकपुर, ३ भदौ-बुधबार पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज रेशमकोठी बस्ने ४० वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उनी विगत ४ दिनदेखि वीरगन्जकै निजी अस्पतालमा भइरहेकोमा हिजो गरिएको पीसीआर परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो । ती महिलाको बुधबार अपराह्न सवा ४ बजे मृत्यु भएको हो ।

वीरगंज हेल्थ केयर कोभिड-१९ अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो ४:१५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनमा मधुमेह र निमोनियाको रोग थियो ।  योसँगै पर्सामा मात्रै हालसम्म कोभिड-१९ को कारण मृत्यु भएको संख्या २४ पुगेको छ भने प्रदेश २ मा ५१ मुत्यु भएको छ ।

सम्बन्धित समाचार

गाउँपालिका अध्यक्ष जालिम मियाँसहित माओवादी-कांग्रेस र जसपाका ५ हजार नेता-कार्यकर्ता एमाले प्रवेश

पर्सा, पुस ८ । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित सत्तारुढ कांग्रेस, माओवादी र मधेसवादी दलका ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमाले पवेश गरेका छन । जगरनाथपुरमा आज आयोजित बिशाल सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले...

लेखा समिति सभापति पत्नी अन्जला जोडिएको मुद्दामा दुई न्यायाधीशको राय बाझियो, अब एकल इजलासमा सुनुवाई हुने

विराटनगर । सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी सहकारीको ठगी प्रकरण मुद्दामा उच्च अदालत विराटनगरका दुई न्यायाधीशको राय बाझिएको छ । अब यो मुद्दाको सुनुवाई वैशाख २५ गते एकल इजलासबाट...

महामन्त्रीमा चुनाव हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने गगन थापाको घोषणा

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा पुनः निर्वाचन हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार...

एसविएससि सिङ्गिङ स्टारको छनोट चरण सकियो, सेमिफाइनलमा १ सय १६ जना छनौट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ...

सौराहाका व्यवसायी भन्छन-एमाले प्रतिनिधिको हार्दिकता र व्यवहार गजब लाग्यो

राधेश्याम खतिवडा, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजारको सङ्ख्यामा भिड थियो । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । मङ्सिर १०, ११, १२...

प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन

विराटनगर, चैत २४–प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे...

कोरोना संक्रमित पत्रकारको उपचारका लागि महासंघ मोरङले स्थापना गर्याे कोरोना समन्वय कोष

विराटनगर, ३० बैशाख । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गरेको छ । बिहीबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग...

सीमावर्ती सवै वडा सिल गर्ने रतुवामाईको निर्णय

विराटनगर, जेठ १०–भारतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछी भारतसँग सीमा जोडिएका रतुवामाई नगरपालिकाका सवै वडा सिल गरिएको छ । रतुवामाई नगरपालिकामा शनिबार स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि नगर क्षेत्रमा कोरोना संक्रमण रोक थाम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्