प्रदेश १ :संक्रमण बढी भएका स्थानमा आइसोलेसन बृद्धि गरिने

 न्यूज विराट
प्रदेश १ :संक्रमण बढी भएका स्थानमा आइसोलेसन बृद्धि गरिने

विराटनगर, ३ भदौ-प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आईसोलेसन केन्द्र थप गरिने भएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका संवन्धमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा बुधबार बसेको बैठकले संक्रमण बढी देखिएका स्थानमा तत्काल आईसोलेसन केन्द्र थप गरिने निर्णय गरिएको हो ।

बैठकले आईसोलेसन केन्द्र थप गर्नका लागि तत्काल योजना बनाई कार्यन्वयन गर्ने निर्णय गरेको छ । बैठकले समूहगत संक्रमण नियन्त्रण गराउनका लागि लकडाउन प्रभावकारी बनाउने, सीमा सुरक्षालाई कडाईका साथ प्रभावकारी बनाईने, संक्रमण जोखिम क्षेत्रमा आवस्यक सुरक्षा सावधानी अपनाउने, होम आईसोलेसन र आईसोलेसन स्थलको व्यवस्थापन प्रोटोकल बमोजिम नियमित गर्ने निर्णय गरिएको मन्त्री घिमिरेले जानकारी दिए ।

मन्त्री घिमिरेका अनुसार अब लक्षण देखिएकालाई उपचारका दायरामा ल्याउने र लक्षण नदेखिएकालाई आईसोलेसन र होम आईसोलेसनमा राख्न प्रवन्ध गरिने भएको छ । बैठकमा विराटनगर महानगरपालिका मेयर भीम पराजुली, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, प्रदेश १ प्रयोगशाला प्रमुख जयवेन्द्र यादव, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

स्ट्रोकबारे समुदायमा सचेतना फैलाउनु आवश्यक

विराटनगर । विराटनगरमा स्ट्रोकको अत्याधुनिक उपचार पद्धतिबारे स्वास्थ्यकर्मीहरूलाई जानकारी दिइएको छ। नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजना तथा आर्या न्यूरो हस्पिटलको समन्वयमा शनिबार यो कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा विराटनगर महानगरपालिकाका तीस भन्दा...

इन्द्र आङ्बोले पढे अविश्वास प्रस्तावको पत्र, २० गतेसम्मका लागि बैठक स्थगित

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेस भएकाे छ । नेकपा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेकाे हाे । केही साताअघि मुख्यमन्त्री राईले अर्थमन्त्रीबाट हटाएका इन्द्र आङ्बोले बैठकमा अविश्वास...

रुसबाट कोरोना खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै नेपाल आइपुग्ने

काठमाडौं, असार १७ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन...

बागलुङमा शंकास्पद भनिएकी महिलाको रिपाेर्ट नेगेटिभ

द्रुत परीक्षणका क्रममा शंकास्पद देखिएकी बागलुङकी एक वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ ।आइतबार काठेखोला गाउँपालिका– ६, बिहुँ इनारपानीकी एक ६५ वर्षीयँ महिलाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) का क्रममा कोरोना शंकास्पद देखिएको...

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार र सुविजिमुर स्कुललाई

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैचना नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कुललले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको...

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीले लिए शपथ

विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।शपथ...

प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस

विराटनगर, माघ २८–३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्