प्रदेश २ मा संक्रमितको संख्या साढे ७ हजार पुग्यो

 न्यूज विराट
प्रदेश २ मा संक्रमितको संख्या साढे ७ हजार पुग्यो

जनकपुरधाम, २ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या साढे सात हजार पुगेको छ । त्यसमध्ये ३ हजार ६ सय ६३ जना सक्रिय संक्रमित छन् भने ४७ जनाको मृत्यु र बाँकी उपचार पश्चात निको भइ घर फर्किसकेका छन् ।

मंगलवार सबैभन्दा बढी पर्सामा १ सय २४, बारामा ५९, धनुषामा ५४, रौतहटमा ४४, सप्तरीमा १४, महोत्तरीमा १३ र सर्लाहीमा ३ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवका अनुसार आज पुष्टि भएका सबै संक्रमितको अवस्था समान्य छ । मंगलवारसम्म प्रदेशमा संक्रमितमध्ये २ हजार २ सय ५३ होम क्वारेन्टाइन र २ हजार २ सय ४५ जना होम आइसोलेसनमा छन् । यसैगरी ११ सय ३ जना विभिन्न क्वारेन्टाइन र १ हजार ५ सय १८ जना विभिन्न अस्पतालको आइशोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ७५ सहित प्रदेश १ मा ३३७ जनामा कोरोना संक्रमण

विराटनगर, २१ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

लुम्बिनी : माओवादी केन्द्र रोजेकी प्रदेश सांसद बिमला ओलीलाई एमालेले सोध्यो स्पष्टीकरण

दाङ क्षेत्र नं. ३ (क) मा भएको उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले तीन दिने स्पष्टीकरण सोधेको छ । जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान...

प्रधानमन्त्री देउवाले भने– नयाँ भेरियन्टको डर बढ्यो

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कोभिडको नयाँ भेरियन्टको डर बढेको बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडको पुराना असरबाट उठ्ने प्रयत्न गरे पनि नयाँ...

बूढानिलकण्ठ स्कुलमा बुद्ध जयन्ती मनाईयो

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रम आयोजना गरी २५८५ औँ बुद्ध जयन्ती मनाएको छ । स्कुल परिसरमा बुधबार एक भब्य कार्यक्रम आयोजना गरी बुद्ध जयत्ती मनाएको हो...

तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड

विराटनगर । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै महानगरका मेयर नागेश कोइरालाले तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको...

चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी

एजेन्सी, बैशाख २७-अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक अर्थव्यवस्थामा आउने गिरावटबारे यसअघि गरिएको अनुमान अझै कम हुने संकेत दिएको छ । आईएमएफले चीन र अमेरिकालाई पुनः व्यापारिक युद्धमा नअल्झन चेतावनी दिँदै यसबाट कोरोना भाइरस (कोभिड–१९)...

सामान बोक्न नेपाल एयरका २ जहाज आज चीन जाने

काठमाडौं, ४ बैशाख-नेपाल एयरलायन्सको दुईवटा चार्टर्ड विमान आज चीन जाने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिनका लागि दुईवटा विमान त्यसतर्फ जान लागेका हुन् । एउटा साँझ ५:...

सप्तरीमा ४९ वर्षीय पुरुष संक्रमितको घरमै मृत्यु

सप्तरी, ६ असोज-सप्तरीमा कोरोना भाइरस संक्रमित विष्णुपुर गाउँपालिका- १ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्