प्रदेश १ मा कोरोना परिक्षण व्यवस्थित बनाइने

 न्यूज विराट
प्रदेश १ मा कोरोना परिक्षण व्यवस्थित बनाइने

विराटनगर, १ भदौ–प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सिमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोभिड–१९ संक्रमण परीक्षणका प्राथमिकीकरण निर्धारण गरेको छ । मन्त्रालयले सघन उपचार कक्षमा उपचाररत र सिकिस्त विरामीहरु, कोभिड–१९ जस्तै लक्षण भई संकास्पद कारणले मृत्यु भएका व्यक्तिहरु, चिकित्सकको सल्लाह वमोजिम लक्षण देखिएका व्यक्तिहरु, कुनै किसिमको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई प्राथामिकतामा राखिएको प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाईले बताए ।

उनले संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका परिवारका सदस्यहरु न्यूनतम ५ दिन होम आइसोलेसन बसे पछि, संक्रमितसँग १५ मिनेटभन्दा बढी एक मीटर दुरी कायम नगरी प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति न्यूनतम ५ दिन होम आइसोलेसन बसे पछि पीसीआर परीक्षणको प्राथमिकतामा राखिएको उनले बताए ।

विदेशबाट आएर न्यूनतम पाँच दिन क्वारेन्टाइनमा बसेका व्यक्तिहरु र कोभिड–१९ संक्रमण व्यवस्थापनका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सूरक्षाकर्मी तथा अन्य कर्मचारीहरु पीसीआर परीक्षणको प्राथमिकतामा पर्ने महाशाखा प्रमुख प्रसाईले बताए ।

प्रदेश १ मा रहेका ४ वटा प्रयोगशालाहरु कोशी अस्पताल, प्रदेश प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अञ्चल अस्पतालबाट पीसीआर परीक्षण हुँदै आएको छ । प्रदेश नं. १ मा आजसम्म ६७ हजार १ सय ७८ पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २ हजार ९२ मा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

प्याब्सन स्पोर्टस मिट, बास्केटबलको उपाधि बिकेभिएमलाई

विराटनगर । प्याब्सन स्पोर्टस मिट अन्र्तगत बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ । विराटनगरस्थित एभरेष्ट स्कुलको खेलमैदानमा शनिबार सम्पन्न भएको बास्केट बलको फाइनलमा विराटनगरको सगरमाथा स्कुललाई ७५–१९ स्कारेले हराउँदै बिकेभिएम स्कुलले बास्केटबलको उपाधि...

मेगा सहकारीद्धारा स्वरोजगार कर्जा अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित मेगा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कर्जा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो ।स्वरोजगार कोषको सहुलियत ऋण कर्जा मेगाले नेपाल सरकार युवा तथा स्वरोजगार...

उच्च भन्सार दर राखेको सामान सहज रुपमा आयात दिनुपर्ने माग

विराटनगर । भारतले उच्च भन्सार दर राखेको सामान नेपालले ओजिएल अन्तर्गत विना रोकटोक आयात गर्न दिनु पर्ने यहाँका उद्योगी व्यवसायीहरुले माग राखेका छन् । मोरङ व्यापार संघको विराटनगरमा सोमबार भएको ६६ औँ साधारण सभाको उद्घाटन...

कोशी प्रदेशका सांसदलाई बिद्युतीय चुलो

विराटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूलाई चुलो वितरण गरिएको छ । जनतालाई विद्युतको खपत बढाउन भन्दै प्रदेशसभा सदस्यलाई चुलो वितरण गरिएको हो । प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र...

मनमोहन प्राविधिक विश्वविद्यालयमा ‘इन्डस्टेरियल ड्रोन क्यामेरा’

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित महमोहन प्राविधिक विश्वविद्यालयमा इन्डस्टेरियल ड्रोन क्यामेरा भित्र्याइएको छ । प्रदेश १ का स्थानीय तह, औद्योगिक र कृषि क्षेत्रका लागि उपयोग रहेको उक्त ड्रोन क्यामेरा अनुसन्धान केन्द्रकोरुपमा समेत स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले...

प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो

विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...

तेलि कल्याण समाजद्धारा रक्तदान, ४१ पिन्ट रगत संकलन

विराटनगर । तेलि कल्याण समाजले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।१२ पिन्ट अत्ति आवश्यक भएका...

मिल्स क्रिकेट प्रतियोगिता : मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्