विराटनगरमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय नाघ्यो

 न्यूज विराट
विराटनगरमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय नाघ्यो

विराटनगर, ३२ साउन–विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ४३ जना कोरोना संक्रमित थपिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की जानकारी दिए । उनका अनुसार थपिएका संक्रमितहरु ५ देखि ६३ वर्ष उमेर समुहका रहेका छन् ।

उनीहरूको २७ र २८ गते स्वाब संकलन गरिएपनि रिपोर्ट शनिबार राती पोजेटिभ आएको हो । संक्रमित मध्ये २४ जना पुरुष र १९ जना महिला रहेका छन् । विराटनगरमा शनिबार दिउँसो ३८ जना कोरोना संक्रमित थपिएका थिए ।

सबैभन्दा बढी विराटनगर– ६ मा ७ जना संक्रमित थपिएका छन् भने विराटनगर ३, ९, ११ र १५ मा ६÷६ जना, विराटनगर २ र ५ मा ४÷४ जना, विराटनगर–४ मा ३ जना, विराटनगर–८ मा १ जना संक्रमित थपिएका छन् ।

योसँगै विराटनगरमा संक्रमितको संख्या ५ सय २३ पुगेको छ । संक्रमित मध्ये ८६ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । विराटनगरमा मात्र कोरोना संक्रमणबाट ७ जनाको ज्यान गइसकेको छ ।

कोरोना परिक्षणको रिपोर्ट आउन ढिलाई हुँदा समुदायमा तिब्र गतिमा कोरोना संक्रमण फैलिएको भन्दै कोशी अस्पतालसँगको साझेदारीमा विराटनगर महानगरपालिकाले छुट्टै पिसिआर मेसिन खरिद गर्ने तयारी थालिसकेको छ ।

सम्बन्धित समाचार

सेल्फी रोडमा उम्रियो बाक्लो झार, वडा कार्यालयको छैन चासो

विराटनगर । विराटनगर–३ स्थित सेल्फी रोड निकै तामझामका साथ बनाइयो । जति चर्चा हुनुपर्ने हो, यो रोडको त्यो भन्दा निकै चर्चा चलाइयो । तर, सेल्फी रोड बनेको केही वर्षमा उत्त सडकमा बाक्लो झार उम्रिएको छ...

सम्भावित विभाजन रोक्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी...

२४ घण्टामा १ हजार १२० जनामा कोरोना पुष्टि, १ हजार ११२ डिस्चार्ज

काठमाडौं, १७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

भ्रष्टाचार निर्मूल पार्न आचरण बदल्नु पर्नेमा जोड

विराटनगर, २१ फागुन । मुलुकबाट भ्रष्टाचारलाई न्यूनीकरण गर्न आचरण बदल्नु पर्ने भनाई सहभागीहरुले राखेका छन् । तीन तहका सरकारमा सामेल सबै तह र तप्काका कर्मचारी एवं जनप्रतिनिधि तथा विकास निर्माणका लागि बनाइने उपभोक्ता समितिका पदाधिकारीहरुले...

कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् । मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना...

नेपालमा कोभिड-१९ निको हुने दर बढ्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ...

सीएनआई कोसी एक्स्पोमा बिहीबार ‘द इलिमेन्ट्स’ को प्रस्तुति

विराटनगर । बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा प्रस्तुति दिंदैछ । ‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ का लागि एक्स्पो स्थल विराटनगर–२ शंकरपुर मार्गको मैदान...

कोरोनाको असर : ७ देशमा ७० नेपाली श्रमिकको शव रोकियो

काठमाडौं, २ वैशाख-नेपालमा लकडाउनको शुरु नहुँदैदेखि हालसम्म खाडीसहितका ७ देशमा मृत्यु भएका ७० श्रमिकको शव नेपाल ल्याउन समस्या भएको वैदेशिक रोजगार प्रवद्धन बोर्डको सचिवलयले जनाएको छ । युएईमा ११,  कतारमा ८, साउदीमा २८, कुवेतमा ६,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्