कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो, २४ घण्टाभित्र ३ को मृत्यु

 न्यूज विराट
कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो, २४ घण्टाभित्र ३ को मृत्यु

काठमाडौं, ३१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १ सय नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १/१ जना गरी थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय २ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तुको मायादेवी-७ का ४० वर्षीय पुरुषको ३१ साउन उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका-१२ का ६० वर्षीय पुरुषको ३० साउन नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको २९ साउनमा कोरोनाबाट मृत्यु भएको हो ।

प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै, प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र  सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन् ।

सम्बन्धित समाचार

सुनसरीमा हात्तीको आक्रमणबाट महिलाकाे मृत्यु

सुनसरी, ५ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी...

विराटनगरमा आत्मरक्षा तालिम, ७ जिल्लाका खेलाडीहरूको सहभागि

विराटनगर । ‘प्रथम कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम’ शनिबार विराटनगरमा सम्पन्न भएको छ । कोसी प्रदेश आईटीएफ तेक्वान्दो संघले विराटनगरस्थित कर्भड हल आयोजना गरेको आत्मरक्षा प्रदेशका ७ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो...

कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत : कांग्रेस प्रवक्ता

काठमाडौं १९ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रे‍सले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत रहेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कांग्रेस सांसदले गरेको व्यवहार पार्टीको...

एजेलियाले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर १ पोखरीयामा रहेको एजेलिया बोर्डिङ स्कुलले ४१ औं वार्षिकोत्सव तथा अभिभाव दिवस मनाएको छ । दुई चरणमा आयोजना गरेर स्कुलले वर्षिकोत्सव तथा अभिभाव दिवस मनाएको हो ।स्कुलले शुक्रबार र शनिबार दुई दिन...

ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ

विराटनगर, १४ माघ । इलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित एक जनालाई पक्राउ गरेको छ । दम नगरपालिका–६ स्थित एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको...

प्रदेश १ को राजधानी विराटनगर ‘लक डाउन’

कोरोना संक्रमण सतर्कता अपनाउन विराटनगर महानगरपालिकामा मंगलबार बिहान १० बजेदेखि लागू हुनेगरी ’लकडाउन’ गरिने भएको छ । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा अनिश्चितकालीन लकडाउनका समयमा कुनै पनि सार्वजनिक यातायात, निजी सवारी, सिटी, अटो, रिक्सा...

देशभर १६७४ संक्रमित थपिए, २३२३ जना डिस्चार्ज

काठमाडौं, ६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा  ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा...

प्रदेश १ : एमाले संसदीय दलको उपनेतामा अधिकारी

विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको रिक्त पदाधिकारीलाई पूर्णता दिएको छ । दलको उपनेतामा प्रदेशसभा सदस्य यशाेदा अधिकारी र सचेतकमा विमल कार्कीलाई चयन गरेको एमाले संसदीय दलका नेता भीम प्रसाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्