प्रदेश १ मा आज ९५ जना संक्रमित थपिए, ३५ जनाले जिते कोरोना

 न्यूज विराट
प्रदेश १ मा आज ९५ जना संक्रमित थपिए, ३५ जनाले जिते कोरोना

विराटनगर, ३० साउन-प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीका ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीक १ पुरुष र सिरहा र धनुषाका १÷१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार पुष्टि भएकासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश १ बाट आज ३५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन ।
डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

मेची अस्पतालबाट पीसीआर परीक्षण शुरु
यसैबिच शुक्रबारदेखि देखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण सुुरु भएको छ । झापाबाट पीसीआर परीक्षण सुुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ । प्रदेश १ मा शुक्रबार मात्र २ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये ६० हजार ८ सय ३० जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १४ माघ ।सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन...

अनिवार्य खोपकार्डविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोपकार्ड अनिवार्य गरेको विरोधमा सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले नेपाल सरकार मन्त्रिपरिषद्...

विराटनगरको अरनीको स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा विराटनगरमा रहेको अरनीको स्कुलका बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । तीव्र गतिमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागन्जका ५५...

जागरण अभियान चलाउने तेली अगुवाको प्रतिवद्धता

विराटनगर । तेली कल्याण समाजमा आवद्ध भएका अगुवाहरुले शहरदेखि गाउँसम्म जागर अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सचेतना अभियानसँगै कानुन र नेतृत्व विकासको लागि जागरण अभियान सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । तेली कल्याण...

विराटनगरमा २५ सहित प्रदेश १ मा १७७ जनामा कोरोना संक्रमण

विराटनगर, २५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना संक्रमण भएको छ । ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

मोरङ ५ का एकसय परिवारलाई राहात

गोपाल पोखरेल,विराटनगर ३१ बैशाख , मोरङ क्षेत्र न. ५ का एकसय एक परिवारलाई पुग्ने राहात सामाग्री समाजसेवी मनिस गु?ङले कांग्रेसका लोकप्रीय केन्द्रिय सदस्य अमृृत अर्याल लाई हस्तान्त्रण गर्नुभएको छ । सो सामाग्री आज हस्तान्त्रण गरिएको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

विराटनगर, ७ मंसिर–पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ३ सय ११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ९४, जिल्ला अस्पताल धनकुटाबाट नौ र विराट मेडिकल कलेजबाट आठ जना डिस्चार्ज भएका हुन ।...

कटहरीका १९ सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ ।प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्