बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी

 न्यूज विराट
बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी

काठमाडाैं, ३० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानकाे प्रयासमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेकाे छ ।

९ दिनयताकाे संवादहिनता ताेड्दै ओली–प्रचण्डले हिजोबाट पुनः छलफल सुरु गरेका छन् । २ अध्यक्षबीच हिजो भएको छलफल निष्कर्ष उन्मुख रहेको बताइएको छ । सोही छलफलको निरन्तरताका रूपमा अहिले २ अध्यक्षबीच कुराकानी भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी छन । ४  मंसिरमा भएको सचिवालय बैठकको निर्णयलाई थप व्याख्या गरी पार्टीको जारी स्थायी कमिटी बैठकलाई महाधिवेशन केन्द्रित गर्ने विषयमा दुवै अध्यक्ष सहमति नजिक पुगेकाे बताइएको छ ।

आज सहमति भए ओली–प्रचण्डले स्थायी कमिटी बैठककाे निरन्तरताबारे औपचारिक जानकारी दिनेछन् ।नेकपाकाे स्थायी कमिटी बैठक गत १० असारदेखि सुरू भएको थियाे । बैठक चलिरहँदा अचानक १६ असारमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राखेपछि विवाद थप चुलिएकाे थियाे ।

हिजो बिहीवार झन्डै ४ घन्टाको छलफलपछि ओली स्थायी कमिटी बैठक सञ्चालन गर्न सकारात्मक रहेको जानकारी हिजै साँझ थापागाउँस्थित प्रेसिडेन्टल बिजनेस कलेजमा बसेको प्रचण्ड–नेपाल समूहको भेलामा प्रचण्डले जानकारी गराएका थिए । उक्त भेलाबाट रायसमेत लिएर प्रचण्ड शुक्रबार बिहान बालुवाटार पुगेका हुन् ।

सम्बन्धित समाचार

काेराेनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  शनिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा...

सगरमाथामा एसइइ परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।यस वर्षको एसइइ परीक्षा दिने १ सय २५ जना विद्यार्थीहरुलाई स्कुलले मंगलबार एक कार्यक्रम...

अन्य देशका पाठ्यक्रममा रहेका बुद्ध जन्मस्थलबारेका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् । ओलीले २५६५औँ बुद्धजयन्ती र...

नेपाली भूमिबाट भारतीय सेना हटाउन राप्रपाको माग 

काठमाडाैं, ३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउने प्रक्रिया थाल्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले भूमि फिर्ताका लागि बाँकी...

नेपाली सेनाले खरिद गर्ने मेडिकल सामग्रीको अन्तिम सम्झौता पूरा

नेपाली सेनाले ल्याउने भनिएको मेडिकल सामग्री खरिदको अन्तिम सम्झौता पुरा भएको छ । चीनबाट ल्याउन लागेको ६७ आइटम र भारतबाट ल्याइने ५३ आइटमको खरिद प्रक्रियाको अन्तिम सम्झौता पूरा भएको हो । सेनाले गत २५ चैतमा...

विराट डेन्टल होममा मुख सम्बन्धी भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो...

राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट

काठमाडौं, १० असार-राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् । राष्ट्रपतिको कार्यालयका अनुसार शीतल निवासमा आज भएको भेटघाटमा...

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा भारतको इंदौर शहरबाट आएको सन टु ह्युमेन फाउण्डेसन  संस्थामार्फत विराटनगरको सबै रोटरी क्लब,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्