विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन

 न्यूज विराट
विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा भदौ ५ गतेसम्म लकडाउन थप भएको छ । समुदायस्तरमा तिब्र संक्रमण फैलँदै जान थालेपछि महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको शुक्रबार बसेको बैठकले साउन १६ गतेदेखि ३० गतेसम्मको लागि लगाएको लकडाउन भदौ ५ गतेसम्मको लागि लम्ब्याएको हो ।

तत्कालको लागि एक साता लकडाउन थप भएको जानकारी दिँदै महानगर प्रमुख भीम पराजुलीले अत्यावश्यक बाहेकका सबै सेवा सो अबधिमा बन्द गरिने बताए । संक्रमित धेरै देखिएको क्षेत्रलाई शिल गरेर परीक्षणको दायरा बढाउनेगरी पनि सो अबधिमा काम गर्ने महानगरले जनाएको छ ।

विराटनगरमा बिहीबारसम्म ४१५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ जनाको मृत्यु भएको छ भने ६९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचार

गठबन्धन आजको आवश्यक्त्ता हो:डा. शेखर कोइराला

विराटनगर,१२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले आगामी निर्वाचनमाका गठबन्धन आजको आवश्यक्त्ता भएको बताउनु भयो । नेकां मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उहाँले नेकांले एक्लै सरकार...

मन्त्री भट्टराईद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं, ७ साउन-आन्तरिक र बाह्य विमानहरूको उडान तयारीका अवस्थाका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । सरकारले १ भदौबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सुचारु गर्ने निर्णय...

जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा अवरुद्ध, गृहमन्त्रीसँग जवाफ माग

काठमाडौं, १३ जेठ-जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो । बैठक अवरुद्ध गरेपछि मिन विश्वकर्माले जाजरकोटको घटनामा...

न्युरो अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाए : डा. मदन कोइराला

विराटनगर । विराटनगरका नाक, कान, घाटी रोग विशेषज्ञ डा. मदन कोइरालालाई विरामीलाई जाँच गर्दै गर्दा एक्कासी चिउडो, पातो र छाती दुख्यो । त्यसपछि उनले पेनकिलर खाए । ठिक नभएपछि उनले ओपीडि बन्द गरेर इसिजि र...

राष्ट्रपतिद्वारा २ अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका २ अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार सरकारले पठाएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,...

वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार

नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न...

स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलाउने

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय...

प्याब्सन स्पोर्टस मिट, पूर्वाञ्चल एकाडेमीको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ । शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्