उद्योगको लापरवाहीः आरती स्ट्रिप्सका ३० मजदुरलाई कोरोना

 न्यूज विराट
उद्योगको लापरवाहीः आरती स्ट्रिप्सका ३० मजदुरलाई कोरोना

विराटनगर, साउन २९–लकडाउनको समयमा भारतीय मजदुर ल्याएर उद्योग चलाएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुकिछिपी भारतीय कामदार ल्याएर उद्योग चलाएपछि २ मजदुरमा कोरोना देखिएकोमा उद्योग सञ्चालकले उद्योग बन्द नगरी निरन्तर सञ्चालन गर्दा कर्मचारी र मजदुर गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये दुई जना सम्पर्कविहिन रहेका छन् । बुढीगंगा गाउँपालिकाले दिएको जानकारी अनुसार उद्योगका १५० भन्दा बढीको पीसीआर जाँच गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो । सुरुमा उद्योगका २ मजदुरमा कोरानो संक्रमण देखिएको थियो ।

मजदुरमा कोरानो संक्रमण देखिएपछि उद्योग शिल गरेर अन्य मजदुरलाई आइसोलेसनमा राखी स्वाब परीक्षण गर्नुपर्नेमा उद्योग निरन्तर सञ्चालन गरिएको थियो । बुढिगंगा गाउँपालिकाले उद्योग शिल गर्न निर्देशन दिएपनि सञ्चालकले गेटमा उद्योग शिल गरिएको सूचना टाँसेर उद्योग नियमित सञ्चालन गर्दा अन्य मजदहरु संक्रमित भएका हुन् ।

उद्योगमा काम गर्ने मजदुरहरु आसपासको बस्तीमा घर भएका तथा डेरा बस्नेहरु पनि रहेकोले स्थानीय त्रसित छन् । उद्योगका संक्रमितलाई उद्योगकै आइसोलेसनमा राख्न प्रशासनले निर्देशन दिएपछि उनीहरुलाई अहिले उद्योगभित्रै राखिएको छ । दुईजना कर्मचारी भने होम आइसोलेसनमा छन् ।

उद्योगमा कार्यरत विराटनगर ढाट चोकमा डेरा गरी बस्ने दुईजना भारतीय नागरिक भने संक्रमण पुष्टि भएसँगै भागेको बताइएको छ । एउटै घरमा बस्ने चारमध्ये दुईजनाको पोजेटिभ आएपछि स्वाब संकलन गरिएकोमा उनीहरु भागेको बुढिगंगा २ का वडाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक...

क्रिकेट खेलाडी लोहनीको उपचारको जिम्मा सरकारले लिनुपर्छ ः सदस्य सचिव बस्नेत

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको सम्पूर्ण उपचारको जिम्मा तीनै तहको सरकारले लिनुपर्ने बताएका छन्। आज सामाजिक संजालमा भिडियो जारी गर्दै...

सन्दीपलाई गर्‍यो क्यानले निलम्बन

नेपाल क्रिकेट संघ क्यानले बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बिहीबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी...

विराटनगरका १९ सहकारीको कार्यालय झोलामा, १० सहकारी कारवाहीमा

विराटनगर । विराटनगर महानगरपालिका भित्रका १० सहकारी कारवाहीमा परेको छ । गैह्र कार्यक्षेत्रमा लगानी गर्ने र सहकारी ऐनअनुसार काम कारबाही नगरेको अनुगमनको क्रममा १० वटा सहकारी भेटिएपछि कारबाहीको दायरामा ल्याएको विराटनगर महानगरपालिकाको सहकारी शाखाकी अधिकृत...

प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्याे श्री एयरको जहाज

काठमाडौं, २९ चैत-शान्ति मिसनमा खटिएका बेला मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ ।सुडानको डारफोर मिसन मुख्यालयमा स्टाफ अफिसरका रूपमा खटिएका विष्टको १७ चैतमा हृदयघातका कारण...

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन २६ हजार थपिए

एजेन्सी, चैत २०-विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो । पछिल्लो विवरण अनुसार विश्वका २०३...

एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, २५ साउन । नेकपा एमालेले आजका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी र दिउँसो ३ बजे बस्नै गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको...

शिलन्यास भएको तीन दशकपछि कटहरीमा रेडक्रस भवन बन्यो

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा निर्माण गरिएको रेडक्रस उपशाखा भवन शिलान्यास भएको तीन दशकपछि निमार्ण पुरा भएको छ । स्थानीय विनादेवी कामतले दिएको पाँच धुर जमिनमा शिलन्यास भएको ३० बर्षपछि रेडक्रसको भवन निर्माण कार्य पुरा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्