२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

 न्यूज विराट
२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार नाघेको छ । बुधबारसम्म देशभर २४ हजार ४३२ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।

सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको मन्त्रालयले जनाएको छ । उनीहरूको देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ४८१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । बुधबार १४ हजार ८४६ जना देशभरका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ६४ जना निको भएका छन् । हालसम्म १६ हजार ७२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको प्रतिशत ६८.०४ रहेको मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

कोरोनाविरुद्ध लड्न नयाँ वर्षमा उच्च मनोबल र सकारात्मक सोच विकास गरौँः राष्ट्रपति भण्डारी

काठमाडौं, १ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७...

लकडाउनलाई निरन्तरता दिन सरकारलाई उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, २३ वैशाख-कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो...

महिला क्रिकेट प्रतियोगिता सुरु, विराटनगरका चार स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा महेन्द्र, सरस्वती , आर्दश र आर्दश बालिका स्कुल विजयी भएको...

कोरोनाको असर : ७ देशमा ७० नेपाली श्रमिकको शव रोकियो

काठमाडौं, २ वैशाख-नेपालमा लकडाउनको शुरु नहुँदैदेखि हालसम्म खाडीसहितका ७ देशमा मृत्यु भएका ७० श्रमिकको शव नेपाल ल्याउन समस्या भएको वैदेशिक रोजगार प्रवद्धन बोर्डको सचिवलयले जनाएको छ । युएईमा ११,  कतारमा ८, साउदीमा २८, कुवेतमा ६,...

नेकपाभित्रको विवादबारे मुख खोले महराले

काठमाडौं, १७ वैशाख-पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवादबारे पहिलोपटक मुख खोलेका छन् ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहँदा मौन रहँदै आएका महराले विज्ञप्ति जारी गरेर दलहरुबीच आन्तरिक एकता कायम गरी संवाद, सहमति...

नेप्से २५ अंकले घट्दा सेयरमा सर्किट ब्रेक

काठमाडौं,३० वैशाख  -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ ।  नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...

सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज

काठमाडौं, जेठ २८ । अस्पतालहरुको बदमासी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्शनमा उत्रिएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मन्त्रालयमा आएको उजुरीको आधारमा लिनुभएको निर्णयअनुसार मन्त्रालयले अव सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज हुने...

स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल आइतबारदेखि विराटनगरमा हुँदै

विराटनगर । विराटनगरमा ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्