विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

 न्यूज विराट
विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

विराटनगर, २७ साउन–विराटनगर १४ को विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिव ७ वर्षदेखि प्रयोग विहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।

व्यवस्थापन समितिको क्याम्पसको भवन, क्याम्पस भित्र रहेका पुस्तक लगायतका सामाग्री हस्तान्तरण गर्ने प्रस्ताव प्रदेश सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालयले स्वीकार गरेको छ ।

भवन, क्याम्पसको सम्पत्ति एक औपचारिक कार्यक्रमकावीच चाँडै हस्तान्तरण गरिने व्यवस्थापन पक्षले जनाएको छ । प्रदेश सरकार मातहत क्याम्पसको भवन आउने भएपछि आज सामाजिक विकास मन्त्री जीवन घिमिरेले क्याम्पसको अवलोकन गरेका छन् । प्रदेश सरकारले क्याम्पस भवनमा पशु विज्ञान कार्यक्रम सञ्चालन गर्ने गरि विज्ञसँग छलफल सुरु भएको मन्त्री घिमिरेले बताए ।

मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने उनले बताए । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिम विराट क्याम्पसको भवनबाट शुरु गर्ने मन्त्री घिमिरेले बताए ।

तालिम केन्द्र निर्माणका लागि सामाजिक विकास मन्त्रालय र सुनसरीको करुणा फाउण्डेसनवीच सहकार्य हुने भएको छ । करुणाले भवनको मर्मत सम्हारको काम गर्ने भएको छ । भवन मर्मतका लागि ५७ लाख ९२ हजारको लागत इस्टिमेट निकालिएको फाउण्डेसनका योगेन्द्र गिरीले बताए ।

वि.स.२०४८ सालमा स्थापना भएको क्याम्पस ७ बर्षदेखि बन्द भएको सोही क्षेत्रका प्रदेशसभा सदस्य जयराम यादवले बताए । उनले तत्काल सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेको प्रदेशसभा सदस्य यादवले बताए ।

प्रदेश सरकारले विश्वविद्यालयको कार्यक्रम सुरु गर्ने निर्णय गर्नु गौरवको कुरा भएको उनले बताए । क्याम्पस सञ्चालक समिति र दाताले भवन अगाडी रहेको प्रतिमाको संरक्षण, कामदारको निरन्तरता र क्याम्पस भवनमा राखिएको संस्थापकहरुको नामावली रहेको शिलालेखको संरक्षण गर्नुपर्ने शर्त राखेको छ ।

सम्बन्धित समाचार

भेटियो ढलमा खसेका बालकको शव

काठमाडौं, १० असोज । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरमा भेटिएको छ । महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । गत मंगलबार...

राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका शीर्ष नेताहरूसँगको परामर्शपछि माओवादी केन्द्रको भागमा परेका पाँच सिटका लागि उम्मेदवारको नाम टुंगो लगाएका हुन्...

प्रदेश १ मा ३ जनाको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

विराटनगर, २७ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक...

हिसान स्पोर्ट्स मिटमा मेरील्याण्डका विद्यार्थीले ल्याए स्वर्ण पदक

विराटनगर । हिसान स्पोर्ट्स मिटमा विराटनगरस्थित मेरील्याण्ड कलेजका दुइ जना छात्राले स्वर्ण पदक जितेका छन् । हिसान स्पोर्ट्स मिट अन्र्तगत टेबल टेनिस प्रतियोगितामा सौगात कोइराला र प्रतिकजंग बस्नेतले स्वर्ण पदक जितेका हुन् । कोइराला र...

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो, १ हजार ३७३ को मृत्यु

एजेन्सी, बैशाख २२-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट मृत्यु हुनेको...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

लोकसेवाले खोल्यो पाँचसय बढी अधिकृतमा विज्ञापन

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि विज्ञापन नगरेको लोक सेवा आयोगले विभिन्न पदमा नयाँ भर्नाका लागि विज्ञापन खुलाएको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको हो...

ग्रामथान गाउँपालिकाका कर्मचारी विवाहमा रमाउँदै, सेवा प्रवाहमा समस्या

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अधिकांश कर्मचारीहरू विवाहमा जन्ती जाँदा सेवा प्रवाहमा समस्या देखिएको छ । गाउँपालिकाको योजना शाखाका पाँचौँ तहका कर्मचारी केदार त्रितालको विवाहमा ग्रामथान गाउँपालिकाका अधिकांश कर्मचारी जन्ती गएको कारणले सेवा प्रवाहमा समस्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्