प्रदेश १ : हालसम्म ६० हजार को कोरोना परीक्षण

 न्यूज विराट
प्रदेश १ : हालसम्म ६० हजार को कोरोना परीक्षण

विराटनगर, २७ साउन-प्रदेश १ मा हालसम्म ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबार साँझ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको छ ।

प्रदेश १ का जिल्लाको ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले बताए । उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको जानकारी दिए ।

परीक्षण गरिएका मध्ये १ हजार ५ सय ६३ को रिपोर्ट पोजेटिभ आएको छ । ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा ८ जनाको मृत्यु भईसकेको छ ।

प्रदेश १ मा मोङगमा सवैभन्दा बढी संक्रमण देखिएको छ । मोरङमा ६ सय ५७ जना संक्रमित भएका छन् । मोरङमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताए । महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्यावले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगर विभिन्न संघ संस्थाबाट लिईएको नमूना १ हजार ४ सय ८० रहेको उनले बताएका छन् ।

निर्देशक यादवका अनुसार अहिले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाव ‘होल्ड’ मा रहेको बताए । उनले दैनिक ७ सय स्वाव होल्डमा हुने गरेको बताए ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वावको परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । झापाको मेची अस्पतालको ल्याव सञ्चालनको तयारीमा रहेको उनले बताए । मेचीको ल्याव सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने डा. मेहताले बताए ।

सम्बन्धित समाचार

लैंगीक समानता तथा समावेशीकरण नीति बनाउने तालिम सम्पन्न, ९ स्थानीय तहको २५ जनाको सहभागि

विराटनगर । स्थानीय तहले लैंगीक समानता तथा सामाजिक समावेशीकरण नीति (जेसी पोलेसी) बनाउने एक दिने तालिम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार मोरङको सुन्दरहैचना नगरपालिकामा उक्त तालिम सम्पन्न भएको हो । उनीहरुले...

विराटनगरमा टेवल टेनिस प्रतियोगिता

विराटनगर । विश्व टेबल टेनिस दिवसको असर पारेर विराटनगरमा टेबल टेनिस प्रतियोगीता आयोजना गरेको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । तियोगीतामा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो ।...

विराटनगरमा आज एकैदिन २३३ जनामा कोरोना संक्रमण

विराटनगर, १२ माघ । प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा...

फेरि थपिए २ जना कोरोना भाइरस संक्रमित

काठमाडौं, ३ जेठ-२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका २ जना संक्रमितमा महोत्तरीका ५२ वर्षीष पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी...

कांग्रेस महाधिवेशनः रुपन्देहीको मतगणनास्थलमै कुटिए उम्मेदवार

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रूपन्देहीको मतगणनास्थलमा कुटाकुट भएको छ । कुटाकुटमा परी महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका दीर्घबहादुर केसी घाइते भएका छन् । रूपन्देहीको क्षेत्र नं. २ को मतगणनास्थलमा दुइ पक्षबीच विवाद सिर्जना भएपछि कुटाकुट...

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर...

स्ववियू निर्वाचन : सभापतिका उम्मेदवार रोहित भन्छन्, ‘विद्यार्थीको हितमा सधैं लड्नेछु’

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त...

वडा नं. ८ का योजना अन्तिम चरणमा

[caption id="attachment_47347" align="alignnone" width="960"] वडा नं. ८ स्थित केर्खा खोलामा निर्माणाधिन अवस्थाको पुल ।[/caption] शनिश्चरे, ५ चैत । पथरीशनिश्चरे नगरपालिकाको वडा नं. ८ वडाको वजेट काार्यान्वयनमा अरु वडालाई उछिन्दै अग्रस्थानमा देखिएको छ । वडा नं....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्