कोरोना रोकथाम तथा नियन्त्रणका लागि मुख्यमन्त्री राईको सक्रियता बढ्यो

 न्यूज विराट
कोरोना रोकथाम तथा नियन्त्रणका लागि मुख्यमन्त्री राईको सक्रियता बढ्यो

विराटनगर, साउन २७–प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा आज सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका छन् ।

बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना भाइरस बढी संक्रमण देखिएको जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुले आगामी दिनमा चाल्नु पर्ने कदमहरुका बारेमा सुझाव दिएका थिए । सरोकारवालापक्षहरुले दिएको सुझावको आधारमा थप कदम चालिने मुख्यमन्त्री शेरधन राईले बताए । विज्ञ र सरोकारवाला पक्षहरुले आवश्यकता, समन्वय र ठाउँ अनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।

मुख्यमन्त्री राईले तीनै तहबीच आवश्यक समन्वय हुनु पर्ने बताए । उनले कोभिड १९ मा तीनै तहबीचको आवश्यक समन्वयका कारण कोभिड महामारी नियन्त्रणको काममा सहज भएको बताए । ‘कतिपय अवस्थामा समन्वय नभएको हुन सक्छ, तपाईहरुको सुझावको आधारमा थप समन्वय र सहकार्य हुनेछ’मुख्यमन्त्री राईले भने ।

झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको बारेमा जानकारी गराएका थिए । उद्योगी व्यवसायीहरुले नीजि अस्पताल र होटलहरुलाई पनि आइसोलेशन बनाउन सुझाव दिएका थिए ।

उनिहरुले पनि लकडाउन गर्दा समन्वय गरेर मात्र गर्नुपर्ने नत्र लकडाउनको कुनै अर्थ नरहने बताएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरुले अस्पतालहरुबीच समन्वय गर्नुपर्ने बताए । दिर्घरोगीहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने लगायतका सझाव उनिहरुले दिए । स्वास्थ्य क्षेत्रबाट डा. सञ्जीव शर्मा, डा. सूर्य पराजुली, पंकज खतिवडा, डा. मोहन, डा. शंकर अधिकारीको उपस्थिति थियो ।

नगरपालिकाहरुबाट सूर्योदय नगरपालिका आरबी राई, विर्तामोड नपा, ध्रुव सिवाकोटी, दमक नपा, रोमनाथ ओली, रंगेली नपा, दिलिप अग्रवाल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले सुझाव दिएका थिए । सुरक्षा निकायका प्रमुखहरुले सिमा सुरक्षा लगायतका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

१९ सांसदसहित १६० जनामा कोरोना पुष्टि

संघीय संसद सचिवालयमा गरिएको पीसीआर परीक्षणमा १९ सांसदसहित १६० जनामा कोरोना संक्रमण देखिएको छ । संसद सचिवालयका अनुसार १८ जना प्रतिनिधिसभा सदस्य, एक जना राष्ट्रियसभा सदस्यसहित १६० जनामा कोरोना पुष्टि भएको हो । कोरोना परीक्षणका लागि...

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

९ असोज-नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा...

संखुवासभाको चैनपुरमा भरुवा बन्दुकको छर्रा लागेर महिला घाइते, दुई जना पक्राउ

संखुवासभा । संखुवासभा चैनपुर नगरपालिका–११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छिन् । ४५ वर्षे मेनुका खतिवडा भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी हुन् । ३०० मिटर उत्तरमा रहेको बारीमा दुम्सीले...

लुकाएर राखिएको ११ हजार मास्क र ४ सय सेनिटाइजर बरामद

विराटनगर, चैत ९–अगुगमन टोलीले विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्समा कालोबजारी गर्न लुकाएर राखिएको अवस्थामा ठुलो परिमाणमा मास्क र सेनिटाइजर बरामद गरेकोे छ । अनुगम टोलीले आइतबार छापा मारेर लुकाएर राखिएको ११ हजार थान बढि सर्जिकल...

प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि बूढानिलकण्ठ र सनराइज स्कुललाई

विराटनगर । प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको बूढानिलकण्ठ अ. मा. वि.का सिरिन भट्टराई र रंगेलीको सनराइज नेशनल स्कुलका रामसुन्दर साहले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले विराटचोकमा शुक्रबार...

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै जसपा सडकमा

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरमा विरोध जनाएको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण...

चुनाव जित्नुअघि नै बाइडेनले सुरु गरे ट्रान्जेसन वेबसाइट

एजेन्सी, २० कात्तिक-राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै जो बाइडेनले आफ्नो ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । बीबीसीका अनुसार बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामबाट ट्रान्जिसन वेबसाइट सुरु गरेका हुन् । यसमा लेखिएको छ, ‘देश जुन...

विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

विराटनगर, माघ २३–‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ भन्ने मूल नाराका साथ विराटनगरमा बिहीबारदेखि राष्ट्रिय वैज्ञानिक सम्मेलन सुुरु भएको छ । दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका ३ सयभन्दा बढी जीव वैज्ञानिक तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्