प्रदेश १ मा सोमबार ४२ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा सोमबार ४२ संक्रमित थपिए

विराटनगर, २६ साउन–प्रदेश १ मा सोमबार एकै दिन ९९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना डिस्चार्ज भएर घर फर्किनु भएको हो ।

डिस्चार्ज हुनेहरुमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बुका २ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार डिस्चार्ज हुनुभएकासँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १४ पुगेको छ ।

प्रदेश १ मा सोमबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरीमा १४, झापाका ९, धनकुटा र खोटाङका १÷१, र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष १ महिला, पथरी–शनिश्चरेका १ पुरुष, सुनसरीको धरानका ७ पुरुष २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुष, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रुङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । सोमबार पुष्टि भएकासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ ।

प्रदेश १ मा सोमबार १ हजार ६ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर गरिएका मध्ये ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा ५४ हजार ७ सय ३४ जनाको पिसिआर परिक्षण गरेकोमा ५२ हजार २ सय ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारीको आह्वान : घरमै बसेर सरकारलाई सहयोग गरौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पनि देखिएको कोविड–१९ विरुद्ध आ–आफ्नो ठाउँबाट क्रियाशील हुन सबै पक्षलाई आग्रह गरेकी छन् । बिहीबार तेस्रो नेपालीलाई कोरोना संकम्रमण पुष्टि भएपछि एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले घातक भाइरसविरुद्धको अभियानलाई सुदृढ...

मोरङका पाँच पत्रकार पुरस्कृत

विराटनगर, १७ पुस-नेपाल पत्रकार महासंघ मोरङ शाखाको १३ औँ साधारण सभामा आज यहाँ पांच जना सञ्चारकर्मीहरु पुरस्कृत एवं सम्मानित भएका छन् । पुरस्कृत एवं सम्मानित हुनेहरुमा खिलेश्वरी पत्रकारिता पुरस्कारबाट कमल पौडेल, नगर विकास पत्रकारिता पुरस्कारबाट...

छैटौं संस्करणको विराट गोल्डकप चैतमा

विराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ । विराट गोल्ड कप फुटबल ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको...

रतुवामाईको मकैबारीमा महिलाको हत्यामा संलग्न पक्राउ, प्रेमीले हत्या गरेको खुलासा

विराटनगर, ४ असार । मोरङको कानेपोखरीकी सरिता सोरेनको हत्या उनकै प्रेमीले गरेको रहस्य बाहिर आएको छ । घटना घटेको करिब डेढ महिना पछि प्रहरीले सरिताको हत्यामा संलग्न ३१ वर्षीय रतुवामाई–६ का सुफल हस्दालाई पक्राउ गरेसँगै...

धनुषामा दुई नाबालक छोराको हत्यापछि महिलाले गरिन् आत्महत्या

धनुषामा आफ्ना दुई सन्तानको हत्यापछि एक महिलाले आत्महत्या गरेकी छिन् । नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले आफ्ना ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको हत्यापछि आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी...

रानी मिनी महोत्सवमा बुधबार भोजपुरी गायक सुमित पन्डितको प्रस्तुती

विराटनगर । विराटनगरमा जारी रानी मिनी महोत्सवमा भोजपुरी गायक सुमित पन्डितको धमकेदार प्रस्तुती हुने भएको छ । भोली बधुबार साझमा भोजपुरी गायक पन्डितको प्रस्तुती रहने विक्की भगतले जानकारी दिए । गायक पन्डितको चर्चित भोजपुरी गीतहरु...

प्रदेश १ मा ५५७ संक्रमित थपिए, ४७६ डिस्चार्ज

विराटनगर, ९ कात्तिक–पछिल्लापे २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मोरङका ४ पुरुष, सुनसरीका २ महिला १ पुरुष, झापा र इलामका १÷१ पुरुषको मृत्यु भएको...

मिडिया सञ्चालक अब्दुल खत्ताबको बयान सकियो, बुधबार थुनछेक

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब र पक्राउ परेका अर्का एक जना प्रतिवादीको बयान सकिएको छ । मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा पक्राउ परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्