कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो

 न्यूज विराट
कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो

काठमाडौं, २२ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका– ८ का ४५ वर्षीय पुरुषको हिजो मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका ४५ पुरुषको पनि कोसी अस्पतालमै हिजो उपचारका क्रममा मृत्यु भएको हो । सर्लाहीको मलंगवा– ८ का ६५ वर्षीया वृद्धाको पनि हिजो नै सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको उनले बताए ।

यस्तै, धनुषाकाे मिथिला नगरपालिका– १० की ७२ वर्षीया वृद्धाको १७ साउनमा उपचारका क्रममा ओम अस्पताल काठमाडौंमा मृत्यु भएको हो । दम र उच्च रक्तचापकी बिरामी उनमा निमोनियाको पनि समस्या थियो । यस्तै, सप्तरीका ४२ वर्षीय पुरुषको हिजो निधन भएको प्रवक्ता प्रा.डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

सम्बन्धित समाचार

डियर ह्याक कार्यक्रममा हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी प्रथम

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी डियर ह्याक कार्यक्रममा प्रथम भएका छन् ।मोरङको कानेपोखरी गाउँपालिका – २ घर भएका बिसिए कार्यक्रमको पहिलो समिस्टरमा अध्ययनरत सुवेदी काठमाडौं डियरवाक इन्च्युट अफ टेक्नोलोजीले आयोजना गरेको डियर...

विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने दुई जनालाई ३०/३० हजार जरिवाना

विराटनगर, १९ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने दुई जनालाई जरिवाना तिराएको छ । प्रशासनले बुधबार निषेधाज्ञा उल्लंघन गर्ने विराटनगर महानगरपालिका–१२ का दुई व्यक्तिहरुलाई जनही तीस/तीस हजार रुपैयाँ जरिवाना तिराएको हो...

स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने उत्तम कार्की थुनामुक्त

काठमाडौं, ८ जेठ-स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने चन्द्रगिरिका उत्तम कार्की थुनामुक्त भएका छन् । जेठ ४ गते स्वास्थकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतले गम्भीर अपराधको मुद्दाबाहेक सामान्य सार्वजनिक अपराध मुद्दामा...

समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग

पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...

एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड, एक जना पक्राउ

कञ्चनपुरस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजीका १९ वर्षीय नरेन्द्रसिंह...

कोरोना कहरकाबीच मजदुरीका लागि भारत जानेको लर्को

सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् । खुला सीमा...

भारतले ‘नक्कली अयोध्या’ बनाइ सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री

काठमाडौं, २९ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन् । भगवान् रामको राज्य...

मुनलाइट होस्टल संचालक मधु रेग्मी पक्राउ, अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारीमा प्रहरी

विराटनगर । विराटनगर महानगरपालिका—८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको हो । मंगलबार साँझमा विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्