होसियारी नअपनाए अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने चेतावनी

 न्यूज विराट
होसियारी नअपनाए अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने चेतावनी

काठमाडौं, २२ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दरमा वृद्धि भइरहेकाले अस्पतालको अभाव हुन सक्ने चेतावनी दिएको छ । मन्त्रालयले संक्रमणको दर बढ्दै गएकाले उपत्यकामा अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने चेतावनी दिएको हो ।

बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर वृद्धि भइरहेकाले सुरक्षा सतर्कता अपनाउन आमसर्वसाधारण तथा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई अनुरोध गरे । उनले अति आवश्यकबाहेक बाहिर ननिस्कन, २ मिटरको दूरी कायम राख्न, अनिवार्य मास्क लगाउन र साबुपानीले नियमित हात धुन आग्रह गरे ।

साथै, अस्पतालहरूलाई कर्मचारीलाई सिफ्टमा काम गराउन र स्वास्थ्यकर्मीलाई अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गराउन तथा त्यसको लकबुक बनाएर राख्नसमेत अनुरोध गरेको छ । उनले कोरोना भाइरसको अहिलेसम्म उपचार र औषधि पत्ता नलागेको उल्लेख गर्दै अक्सिजन र भेन्टिलेटरले सहयोग मात्रै गर्ने भएकाले रोग लाग्न नदिनु नै उत्तम उपचार रहेको बताए ।

मन्त्रालयले सरकारी, गैरसरकारी तथा निजी कार्यालयका बैठक, सेमिनार वा भेला तरुन्त बन्द गर्न र बन्द गर्न नमिल्ने भए भर्चुअल बैठक गर्न अनुरोध गरेको छ । उनले भारतीय सीमाक्षेत्रका जिल्लाहरूमा कोरोना संक्रमणको दर उच्च रहेकाे बताउँदै प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी संस्थालगायतलाई सावधानी अपनाउन अनुरोध पनि गरे ।

सम्बन्धित समाचार

खुकुलो बनाउदै मोरंगमा फेरी थपियो एक हप्ता निषेधाज्ञाा

विराटनगर, २१ असार । अझ खुकुलो प्रावधानसहित मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यस अघि भन्दा अझ खुकुलो बनाउदै निषेधाज्ञाको समयावधि एक साता थप गरेको हो । जिल्ला प्रशासन...

प्रधानन्यायाधीशले बाेलाए फुलकोर्ट

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरि फुलकोर्ट बोलाइएको हो । बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छन् । यसअघि बुधबार...

ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नु र मास्क अनिवार्य गराउनू:स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ पुस । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ । ‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै...

शिक्षादिप कलेज व्यवस्थापन संकायले गर्यो उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत

विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादिप कलेज व्यवस्थापन संकायले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । मंगलबार कलेजमा एक कार्यक्रमको आयोजना गरेका कलेजले लिएका पहिलोे त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत...

पूर्णता नपाउँदासम्म थारू आयोगका क्रियाकलापले गति लिन नसक्ने

काठमाडौं, २३ असार-थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगले पूर्णता नपाउँदासम्म आयोगका क्रियाकलापलाई गति दिन नसकिने बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको मंगलबारको बैठकमा सरकारले थारू आयोगलाई पूर्णता नदिएकाले आयोगका क्रियाकलापलाई गति...

मतान्तर बढाउदैं अमनलाल मोदी

विराटनगर । माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले ५ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले ४...

चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी

एजेन्सी, बैशाख २७-अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक अर्थव्यवस्थामा आउने गिरावटबारे यसअघि गरिएको अनुमान अझै कम हुने संकेत दिएको छ । आईएमएफले चीन र अमेरिकालाई पुनः व्यापारिक युद्धमा नअल्झन चेतावनी दिँदै यसबाट कोरोना भाइरस (कोभिड–१९)...

बसकाे झ्यालबाट हाम फाल्दा एक जनाकाे मृत्यु

इलामको गोदकमा अनियन्त्रित अवस्थामा रहेकाे बसकाे झ्यालबाट हाम फाल्दा साेही बसले किचिएर एक जनाकाे मृत्यु भएकाे छ । इलाम नगरपालिका–१० गोदकस्थित मेची लोकमार्गमा सोमबार राति १० बजेतिर याे घटना भएकाे हाे । ना ४ ख ६२४८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्