मलेसियाबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेलाई निवेदन दिन दूतावासको आग्रह 

 न्यूज विराट
मलेसियाबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेलाई निवेदन दिन दूतावासको आग्रह 

काठमाडाैं, २२ साउन-कोरोना भाइरसका कारण स्वदेश फर्किने खर्चको अभावमा मलेसियामा अलपत्र अवस्थामा रहेकाहरूलाई सरकारी खर्चमा उद्धारका लागि निवेदन दिन मलेसियास्थित नेपाली दूतावासले सूचनामार्फत जानकारी गराएको छ । रोजगारी गुमाएका र नेपाल फर्किन हवाई टिकटसमेत काट्न नसक्ने अवस्थामा बसेका कामदारहरूलाई टिकट उपलब्ध गराउन दूतावासले सूचना जारी गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा अलपत्र नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ पारित गरेसँगै स्वदेश फर्काउनु पर्ने अवस्थाका नेपालीहरूको सूची तयार पार्ने जिम्मेवारी रोजगार गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरूलाई दिएको छ ।

आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले समेत टिकटका लागि आवेदन दिन पाउनेछन् । सजायबाट आममाफी पाएका, घरफिर्ती केन्द्रमा रहेका र हाल नेपाल जान अनुमति पाएका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका र रोजगारी गुमाएकालाई प्राथमिकतामा राखिएको दूतावासले जनाएको छ ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

काठमाडौं, ४ असार-गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको परीक्षणमा विभिन्न ४ जिल्लाका थप ३० जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १३,...

उदयपुरको भुल्केमा एकै परिवारका ५ कोरोना संक्रमित

उदयपुर, ३० वैशाख-नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य...

कांग्रेसलाई प्रचण्डको अपिल- आउनुस्, केपी ओलीविरूद्ध संयुक्त आन्दोलन गरौं

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेसलाई अपिल गरेका छन् । बुधबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षाका लागि संयुक्त आन्दोलनमा उत्रिन कांग्रेसले अपिल गरेका हुन्...

एभीसी एसियन सेन्ट्रल जोन भलिवलमा किर्गिस्तानसँग घरेलु टोली नेपालको हार

काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा...

ज्ञानेन्द्र शाह झापामा, भोलि शक्ति प्रदर्शन गर्ने

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले...

एसईई वैशाख र कक्षा १२ को परीक्षा जेठमा हुने

काठमाडौं, ६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय पनि गरेको...

सत्ता गठबन्धनको निर्णय : जेठभित्रै स्थानीय चुनाव

सत्ता गठबन्धनले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको  छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्‍ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बालुवाटारमा शनिबार बसेको बैठकले संविधानअनुसार कानुन संशोधन गरेर...

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्