इलाममा आज एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना

 न्यूज विराट
इलाममा आज एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना

इलाम, २२ साउन-इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही १८ साउनमा स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । १८ साउनमा ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो ।

हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।

उनका अनुसार जिल्लामा हालसम्म २ नेपाली सेना र १ प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ । त्यस्तै १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १ सय ५४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टाइनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको हो । कारोना फोकल पर्सन बरालले इलाममा समुदायमा कोरोना नफैलिएकाले ढुक्क हुन सर्वसाधारणलाई उनले आग्रह गरे । रासस

सम्बन्धित समाचार

भव्य भयो मेरिल्याण्डको वार्षिकोत्सव : शिक्षकलाई ‘रेगुलारिटी’ अवार्ड र विद्यार्थीलाई सम्मान

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजले आफ्नो २१ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा शुक्रबार एक...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि ग्रेडेड र अरिहन्त स्कुललाई

विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको...

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

काठमाडौं, भदौ ३०। नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको...

प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि रंगेली तनावग्रस्त

विराटनगर, फागुन ६–प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली तनावग्रस्त बनेको छ । रंगेली अस्पतालमा प्रसूतिका क्रममा रंगेली ९ की २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपछि आफन्तले रंगेली बजारमा प्रदर्शन...

प्रदेश १ को राजधानी विराटनगर ‘लक डाउन’

कोरोना संक्रमण सतर्कता अपनाउन विराटनगर महानगरपालिकामा मंगलबार बिहान १० बजेदेखि लागू हुनेगरी ’लकडाउन’ गरिने भएको छ । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा अनिश्चितकालीन लकडाउनका समयमा कुनै पनि सार्वजनिक यातायात, निजी सवारी, सिटी, अटो, रिक्सा...

स्वर्गीय डीएसपीद्वय केसी र खरेललाई वीरता पदक

काठमाडौं, ३ असोज । संविधान दिवसका दिन सरकारले कोभिड–१९ का कारण ज्यान गुमाएका डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेललाई वीरता पदक दिने घोषणा गरिएको छ । केसी र खरेलले गत जेठमा कोरोना संक्रमणका कारण नेपाल प्रहरी अस्पतालमा...

जिल्ला कारागार झापाका १० कैदीबन्दीमा कोरोना

झापा, ९ असोज-जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना संक्रमितमध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन...

काेराेनाका कारण डाेल्पामा एकजनाकाे मृत्यु

काठमाडाैं, २४ जेठ-डोल्पामा मृत्यु भएका एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनका अनुसार जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्