अख्तियारका २० कर्मचारीमा कोरोना सङ्क्रमण

 न्यूज विराट
अख्तियारका २० कर्मचारीमा कोरोना सङ्क्रमण

काठमाडौं, २२ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए ।

यसअघि अख्तियारमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् ।

यसैगरी गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको पौडेलले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो । अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

यसैगरी, महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड- १९ परीक्षणका लागि स्वाब सङ्कलन गरिरहेको छ ।

मन्त्रालयमा ८२, सर्वोच्च र जिल्ला अदालतमा ३ सय जनाको स्वाब सङ्कलन गरिएको महाशाखाका मेडिकल टेक्नोलोजिस्ट पौडेलले जानकारी दिए ।

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने ५ हजार कर्मचारीको पीसीआर परीक्षण गरेको थियो । रासस

सम्बन्धित समाचार

लिदी पहिरो : ११ जनाको शव भेटियो, उद्धार कार्य जारी

काठमाडौं, ३० साउन-सिन्धुपाल्चोकको जुगल- २, लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । जुगल गाउँपालिका-२ का वडा अध्यक्ष प्रताप लामाले ११ जनाको शव झिकिएको बताए । शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो...

तेस्रो खेलमा एनबीएससीले वाइआरसीसीलाई दियो १०१ रनको टार्गेट

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्सले वाइआरसीसी विराट ब्लास्टर्सलाई १०१ रनको टार्गेट दिएको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबार भएको तेस्रो खेलमा निर्धारित १० ओभरमा...

कटहरीको सडक कालोपत्रे गर्ने प्रतिबद्धतापछि आन्दोलन स्थगित

विराटनगर । विराटनगरको हाटखोला– रंगेली हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्ड कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन् । तीन महिना भित्र उक्त सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीले सहमति गरेपछि यहाँका स्थानीयले एक...

जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण

जनकपुर, ३१ वैशाख-जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले...

औषधी व्यवसायी संघद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

विराटनगर, चैत २८-नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य बस्तुको आपूर्तीको ढुवानीमा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । लकडाउनमा औषधी तथा औषधीजन्य बस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा...

प्रदेश १ मा १४४२ जना निको हुँदा ५७३ संक्रमित थपिए

विराटनगर, २७ जेठ । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ४६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म...

विराटनगरमा रानी मिनी महोत्सव हुने, एक दर्जन बढी स्टल रहने

विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव हुने भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा मंसिर २० देखि पुस २० गतेसम्म एक महिना महोत्सव लाग्ने भएको हो । महिनादिनसम्म लाग्ने महोत्सवमा एक दर्जन...

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौं, ५ मंसिर-औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको  छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्