एसईईको नतिजा अर्को साता

 न्यूज विराट
एसईईको नतिजा अर्को साता

काठमाडौं, २२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरेपनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो ।

कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले नै मूल्याङ्कन गरेर पठाएको नम्बरको आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले प्रमाणित गरेको प्रतिलिपबाट विद्यार्थीको डाटा रुजु गर्ने काम भइरहेको छ ।

रुजुको काम सकिएपछि बोर्डले प्रमाणिकरण गरेर नतिजा सार्वजनिक गर्ने तयारी छ । ‘रुजुको काम भइरहेको छ,’ राष्ट्रिय परीक्षा बोडका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘नतिजा सार्वजनिक गर्न अझैं एक साता लाग्छ ।’

बर्खाका कारण बाटो अवरुद्ध भएपछि कतिपय दुर्गम जिल्लाबाट विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईबाट डाटा आउन समय लागेकाले पनि नतिजा सार्वजनिकमा ढिलाइ भएको हो ।

नतिजा बोर्डले सार्वजनिक गर्ने कि विद्यालयले ?

नतिजा बोर्डले सार्वजनिक गर्ने कि विद्यालयले भन्ने विषयमा पनि बहस सुरु भएको छ । विद्यालय नै मूल्याङ्कन गरेको भएकाले बोर्डले सूचना निकाल्ने र विद्यालयले नै नतिजा सार्वजनिक गर्ने विषयमा पनि बोर्डमा छलफल चलिरहेको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले नतिजा राष्ट्रिय परीक्षा बोर्डले नै सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

‘आधिकारिकताको लागि पनि बोर्डल नै नतिजा निकाल्नुपर्छ,’ उनले भने, ‘विद्यालयले निकाल्दा आधिकारितामामाथि प्रश्न उठ्छ ।’ एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयले नै मूल्याङ्कन गरेकाले नतिजा पनि विद्यालयले सार्वजनिक गर्दा राम्रो हुने बताए ।

‘मूल्याङ्कन विद्यालयले गरेकाले नतिजा पनि विद्यालयले निकाल्दा राम्रो हुन्छ,’ उनले भने, ‘परीक्षा बोर्डले प्रमाणिकरण गरेर विद्यालयलाई नतिजा निकाल्न दिए हुन्छ ।’ प्याब्सनका महासचिव कुमार घिमिरेले विद्यालयले नै नतिजा निकाल्दा राम्रो हुने बताए ।

‘अहिलेको परिस्थितमा बोर्डले प्रमाणिकरण गरेर विद्यालयले नै नतिजा निकाल्दा हुन्छ,’ उनले भने, ‘जसले नतिजा निकालेपनि धेरै फरक पर्ने होइन ।’

सम्बन्धित समाचार

युवा दिवसमा बुद्धिचाल प्रतियोगिता, बुढानिलकण्ठका आयुषले जिते उपाधि

विराटनगर । विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि विराटनगरस्थित बुढानिलकण्ठ माध्यमिक अंग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सगरमाथा स्कुलमा सोमबार आयोजना गरेको प्रतिोगितामा २६ जना प्रतियोगिहरुलाई...

बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ । लालभित्ती चोकबाट करिब २...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बाढीपिडितलाई राहत वितरण

विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...

कालीखोलामा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

चितवन, ३ असार-नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो खस्दा सडक अवरूद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता...

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल...

सनसिटीमा कोरोना परीक्षण : २ सय ९८ जनाको आरडीटी नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा २ सय ९८ जनाको नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ जनामा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा...

सीमा सुरक्षा प्रभावकारी भए आन्तरीक सुरक्षा ७० प्रतिशत सावधान हुन्छ : डिआइजी पोखरेल

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले देशको आन्तरिक सुरक्षामाको महत्व सबैभन्दा ठूलो कुरा सीमा सुरक्षाबाट हुने बताएका छन् । मोरङको जहदा गाउँपालिका – ७ मा...

सवै नागरिकलाई खोप लगाउन सरकार लागि परेको छः मुख्यमन्त्री राई

विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्