कोरोनाबाट पर्साका २ जनाको मृत्यु

 न्यूज विराट
कोरोनाबाट पर्साका २ जनाको मृत्यु

काठमाडौं, २१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुष रहेका छन् । १९ साउनमा झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएको उनले बताए ।

यस्तै वीरगञ्ज ५ का ४६ का पुरुषको २१ साउनमा अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भए पनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

सम्बन्धित समाचार

पाँच मिनेटको फरकमा भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली बम विस्फोटः शंकास्पद दुई जना पक्राउ

एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बबबबबबबबविमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै...

सभामुख, अध्यक्ष र कानुनमन्त्रीबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति,...

मोरङमा सुरू भयो ‘लापसे’ अभियान, खाएर सवारी चलाए मुद्दा चल्ने

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।ट्राफिक सप्ताहको अवसर पारेर मोरङ ट्राफिक प्रहरीले विराटनगरबाट लापसे...

आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान महासंघ सुनसरीद्वारा आन्दोलनको चेतावनी

विराटनगर, २१ साउन । भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघले सुनसरीमा आन्दोलनको चेतावनी दिएको छ । आयोग खारेजीको निर्णय फिर्ता हुनु पर्ने माग गरेको महासंघले त्यसो नगरिए आन्दोलन चर्काउन...

अर्किड डान्सिङ स्टार सुरू, बिजेताले ५० हजार बराबरको पुरस्कार पाउने

विराटनगर । विराटनगरमा रहेको अर्किड स्कुलले ‘अर्किड डान्सिङ्ग स्टार’ सिजन –१ सुरु गरेको छ । विद्यार्थीहरुमा भएको प्रतिभाको खोजी गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले स्कुलले ‘अर्किड डान्सिङ्ग’ स्टार सिजन १ सुरु गरेको हो ।...

बुद्धिजीवीले बेसारको मजाक उडाए, अब याेगकाे उडाउने हाेलान् : प्रधानमन्त्री ओली 

काठमाडौं, ७ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै...

विराटनगरस्थित बालसुधार गृहको तीन तलाबाट हाम फालेर फरार बालकहरु पक्राउ

विराटनगर, १३ असार । विराटनगरको बाल सुधार गृहदेखि शनिबार बिहान फरार भएका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि...

सजग हुन सके ८० प्रतिशत कोरोनाका बिरामी घरमै निको हुन्छन्

काठमाडौं ३० चैत-कोरोना फैलिएको ४ महिना बढी भयो । हालसम्म पनि कुन औषधि खायो भने ठीक हुन्छ भन्ने वैज्ञानिक आधार नपाइएको डाक्टरहरूले बताउने गरेका छन् । हामीले यो सामग्री तयार पार्दासम्म विश्वमा करिब १७ लाख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्