विराटनगरका बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द

 न्यूज विराट
विराटनगरका बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द

विराटनगर, साउन २१–समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमित कारोबार बन्द गर्न आव्हान गरेपछि बुधबारदेखि सबै वित्तीय संस्थाहरुले आर्थिक कारोबार बन्द गर्न सहमत भएका छन् । महानगरपालिकाले बैंक काउन्टरबाट हुने सेवा बन्द गरी एटिएम प्रवद्र्धन गरी सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

सोही अनुसार बुधबार बैंक तथा वित्तीय संस्थाहरुले कारोबार बन्द गर्न सहमत भएको महानगरपालिकाले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले दुहबी, इटहरी, धरान, बुढीगंगा, विराटनगर तथा रंगेली आदि क्षेत्रमा लकडाउनको अवस्था रहेकोले काम गर्न असहज र जोखिम भएको भन्दै महानगरको प्रस्तावमा सहमत भएकोले आजबाट अर्को सूचना नभएसम्म उनीहरुले कारोवार नगर्ने बताइएको छ ।

बैंक तथा वित्तीय संस्था मात्र नभई सहकारी संस्थाहरुले पनि विराटनगरमा नियमित कारोबार बन्द गरेको जनाएको छ । विराटनगरमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका ८५ वटा शाखा कार्यालयले सर्वसाधारण सेवाग्राहीलाई सेवा दिँदै आएका छन् ।

सम्बन्धित समाचार

कृषि थोक बजारमा कृषि एक्स्पो सुरु

विराटनगर । मोरङको कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन्...

बलिउड संगीतकार वाजिद खानको निधन

एजेन्सी, जेठ १९-बलिउडका संगीतकार वाजिद खानको निधन भएको छ । गएराति वाजिदको निधन भएको उनको परिवारले पुष्टि गरेको छ  । वाजिदको निधनले बलिउडको चर्चित साजिद–वाजिदको जोडी टुटेको छ । वाजिदले आफ्ना भाई साजिदसँग मिलेर बलिउडका...

सुनवर्षी मेयर कप क्रिकेटः कर्मचारी टिमको शादानर जित

विराटनगर, ६ पुस । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा कर्मचारी टिम विजय भिएको छ । आजको खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै सुनवर्षी नगरपालिकाको कर्मचारी टिम...

अमेरिकी कम्पनीले गर्‍यो अष्ट्रेलियामा कोरोनाविरुद्धको खोप परीक्षण

एजेन्सी, जेठ १४-संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा...

कोरोना संक्रमित भेटिएपछि रणनीति परिवर्तन गर्दै सरकार

नेपालमा पनि विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएपछि सरकारले रोकथाम तथा नियन्त्रणको रणनीति बदलेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले रणनीति परिवर्तन गर्दै सर्विलियन्सको दायरा बढाउन लागेको हो...

नेकपालाई प्रतिपक्षको सुझाव : कोरोना महामारीमा बेमौसमी बाजा नबजाऊँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबजाउन आग्रह गरेका छन् । सोमबार मन्त्रिपरिषदको बैठकले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश पारित गर्ने निर्णय गरेपछि प्रवक्ता शर्माको यस्तो टिप्पणी आएको हो...

प्याब्सन स्पोर्टस मिटको उपाधि पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको ग्यालेक्सी पब्लिक हाइस्कुल ( कोशी मोडल) स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको...

मोरङको डंग्राहामा एक युवा ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन । सोही ठाउँका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्