सप्तरीमा ३ जनाकाे मृत्यु, कोरोना संक्रमणको आशंका

 न्यूज विराट
सप्तरीमा ३ जनाकाे मृत्यु, कोरोना संक्रमणको आशंका

सप्तरी, २१ साउन-सप्तरीमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोना जस्तै लक्षण देखिएका ३ व्यक्तिको मृत्यु भएको मृतकमध्ये १ जना होम क्वारेन्टाइनमा थिए भने २ जना अस्पतालमा उपचार गराइरहेका थिए ।

मलेसियाबाट करिब डेढ महिनाअघि आएका रूपनी गाउँपालिका-५ स्थित गढियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषमा एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी धरान रेफर गरिएपछि बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।

त्यस्तै, १५ साउनमा राजविराजको छिन्नमस्ता अस्पतालमा भर्ना भएका २ जनाको पनि मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका-९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेका छन् । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एकल महिलाहरुलाई न्यानो कपडा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत...

नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि मदरल्याण्डलाई

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकाडेमीले जितेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ३१ विद्यालयहरुलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय...

१० दिनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकार तयारी

काठमाडौं, १६ जेठ-कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वयन समितिले विदेशमा रहेक नेपालीलाई चरणवद्ध रूपमा फिर्ता ल्याउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि सबै प्रदेशमा पोकल मन्त्री तोकेर विदेशबाट ल्याएका नेपालीलाई...

वीपीका पदाधिकारीहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, ९ भदौ–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग मंगलबार छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर...

बालिका बलात्कार आरोपमा २ युवक पक्राउ

कैलाली, ५ असार-कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।प्रहरीले गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका-४ बस्ने १९ वर्षका का नवीन सावद र सोही ठाउँका...

हिमालय दर्शन कलेजमा दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकियो, विद्यार्थीको लागि लाभदाही

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरि सुरू गरिएको दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकिएको छ । हिमालय दर्शन कलेजमा भर्ना भएका बीआइएम र बीसीए पहिलो सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल आज, कसले जित्ला उपाधि ?

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज शनिबार साझमा विराटनगरमा हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरको सिटी...

पछिल्लो २४ घण्टामा नेपालमा २२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ५ मंसिर-गएको २४ घन्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । शुक्रबार देशभर  १० हजार ३ सय ४०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्