कोभिडमा लापरबाही : अब जरिमाना होइन, सीधै कैद

 न्यूज विराट
कोभिडमा लापरबाही : अब जरिमाना होइन, सीधै कैद

काठमाडौं, २० साउन-विश्वव्यापी महामारी रूपमा फैलिएको कोभिड–१९ को संक्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौं जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडा रूपमा प्रस्तुत हुन थालेको छ ।

तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्य ढंगले हेर्न थालिएकाले कारबाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

‘कोरोना सकिएझैँ गरेर लापरबाही गर्ने बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ।

संक्रमक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६०० सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

आज मात्रै मुलुकभर २५९ जनाका कोभिड–१९ देखियो । त्यसमा उपत्यकाको मात्रै ६२ जना छन् । दैनिक जसो नै काठमाडौंमा संक्रमण देखिन थालेको छ । उपत्यकाको नाका प्रवेश गर्नेहरूको परीक्षणमा बढी संक्रमण देखिएको छ । अहिलेसम्म मुलुकमा भयावह भइसकेको छैन तर परीक्षणको नतिजाले जोखिम बढ्दै गएको स्थिति प्रष्ट छ ।

पछिल्लो समयमा मानिसको लापरबाही बढ्दो छ । मास्क नलगाई हिँड्ने जमात देखिन थालेको छ । काठमाडौं प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ छैन भन्ने बारेमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा व्यवसाय सञ्चालकले मापदण्ड प्रयोग गरेको पाइएको छैन । नागरिक पनि कोरोना सकिएको जसरी खुलमखुला हिँडिरहेका छन् ।

सामान्य रुघाखोकी जसरी मानिसले कोभिड–१९ लाई हेल्चेक्र्याइँ गरेको पाइएको प्रजिअ दाहालले बताए । उनले अब प्रशासन चुप लागेर नबस्ने भन्दै मापदण्ड नमान्ने व्यावसायिक प्रतिष्ठान बन्द गराउने निष्कर्षमा पुगेको बताए । अनुगमनमा भाटभटेनीले पनि मापदण्ड नमानेको पाइएको छ ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रमक रोग नेपालभर वा त्यसको कुनै भागमा रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा त्यसको रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्ने व्यवस्था छ ।

ऐनमा सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने उल्लेख छ ।  निर्मूल गर्न वा रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्ने व्यवस्था पनि छ ।

ऐनमा सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने यात्रुको जाँचबुझ गर्न र त्यस्ता पशुपंक्षी वा यात्रुलाई कुनै सङ्क्रामक रोग लागेको छ भन्ने शंका लागेमा अस्पताल तथा अन्य स्थानमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सरकारले गत ११ चैतदेखि मुलुकभर लागू हुने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । झण्डै ४ महिनापछि ५ साउनदेखि सरकारले बन्दाबन्दी हटाएको थियो । बन्दाबन्दीको अन्त्य भएको जानकारी गराउँदै गर्दा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जोखिम घटेर नभई दैनिक जनजीवन सामान्य पार्नका लागि मात्रै बन्दाबन्दी हटाएको बताएका थिए ।

अहिले सरकारले जनजीवनलाई सामान्यीकरण गर्दा त्यसको दुरुपयोग बढ्दै गएको पाइएको छ । त्यसैले अहिले उपत्यकालगायत केही स्थानमा कोभिड–१९ को संक्रमण बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम आफूबाहेक अरू सबै कोभिड–१९ का बिरामी हुन् भन्ने सोचेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाए यसबाट जोगिन सक्ने बताउँछन् ।

अफिसमै काम गर्दा पनि मापदण्ड अनुशरण गर्नुपर्छ । एकै कोठामा धेरै मानिस नबस्ने, टेबल टाढाटाढा राख्ने, अफिसमा बसिरहेका बेला मास्क अनिवार्य लगाउने, कम जनशक्ति प्रयोग गर्ने, नियमित साबुन पानीले हात धोइराख्ने, आवश्यक सरसफाइ गर्ने सेनिटाइजर लगाउनेजस्ता स्वास्थ्य मापदण्डका काम छाड्न नहुने चिकित्सको सुझाव छ ।

प्रजिअ दाहाल केही दिनदेखि उपत्यकामा संक्रमण देखिन थालेकाले प्रशासनको तर्फबाट उपत्यकामा कडाइ गरिएको बताउँछन् । उनका अनुसार पास प्रणालीमा थप कडाइ गरी अत्यावश्यकलाई मात्रै प्रवेश दिइएको छ । रातिमा प्रवेश रोकिएको छ । मास्क नलगाउनेलाई कारवाही गर्न थालिएको छ ।

प्रहरीमार्फत माइकिङ गरेर सचेतनामूलक प्रचारप्रसार गर्न थालिएको छ । जात्रा पर्व नगर्र्न अनुरोध गरिएको छ तर पनि मानिसको हेपाहा प्रवृत्ति कायमै छ । अनुगमनमा डिपार्टमेन्टल स्टोर्समा समेत सुरक्षा मापदण्ड नअपनाएकाले प्रशासनले मापदण्ड पूरा नगर्नेलाई बन्द गर्ने योजना बनाइएको छ ।

‘कोभिड सकियो भन्ने ढङ्गले आवागमन र व्यापार व्यवसाय गरेको देखियो, सबैले के बुझ्नु पुर्‍यो भने कोभिड हाम्रो अगाडि छ, सबैलाई दुःख दिइरहेको छ’, प्रजिअ दाहालले थपे, ‘प्रशासनले कारवाही गरेन भनेर खुसी नहुनुस्, कोभिडले कारवाही गर्न सक्छ ।’

स्वास्थ्य विज्ञका अनुसार भौतिक (सामाजिक) दूरी कायम गर्ने, साबुन पानीले हात धुने र मास्क लगाउनु नै त्यसको अचुक दबाइ हो । पछिल्लो समयमा उपत्यकामा प्रहरीसहित स्थानीयलाई कोभिड–१९ देखिन थालेकाले अहिले उपत्यका भित्रिने नाकामा समेत थप कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतले बताए ।

प्रहरीको आँखा छलेर भित्रिने क्रम भने रोकिएको छैन । नाकामा गाडीमा ओर्लिएर पैदल हिँड्न र नाका कटेपछि पुनः गाडी चढेर जाने यात्रुको संख्या बढी देखिएको छ । आज दिउँसो सयौँ मानिस त्यसैगरी नागढुङ्गा नाका पार गरिरहेका देखिन्थ्यो । – रासस

सम्बन्धित समाचार

रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

काठमाडौं, २३ साउन-स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्ली बजार कारागारका जेलर गणेश आचार्यका अनुसार उनको खुट्टा सुनिएपछि वीर अस्पताल पर्‍याइएको हो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन...

ग्रेडेड स्कुलका ६५ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका ६५ जना विद्यार्थी दिक्षित भएका छन् । प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका ६५ जना विद्यार्थी दिक्षित भएका हुन् ।उनीहरुलाई स्कुलले एक कार्यक्रम आयोजना गरी दिक्षित गरेका...

विराटनगरमा २४ सहित प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

विराटनगर, १२ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ...

निर्वाचन सार्ने निर्णय भए शेखर समुहलाई मान्य नहुने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ । कोइराला समूहका नेताहरुको भर्चुअल बैठकले पार्टीभित्र छलफल नगरी सभापति देउवाले अन्य पार्टीसँग सहमति गर्नुको औचित्य नभएको निष्कर्ष निकालेको...

मोरङको जहदाबाट ११ सय ३ केजी गाँजा दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जहदा गाउँपालिका ७ मुसहरी टोलबाट प्रहरीले कुल १ हजार १ सय ३ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश...

बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या

काठमाडौं, ३२ जेठ-बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन । मुम्बईस्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जाजपुत पछिल्लो समय भारतीय सिने जगत् बलिउडका चर्चित अभिनेता हुन् । उनी भारतीय क्रिकेटर...

सात क्विन्टल गाँजा तरकारी बोक्ने ट्रकबाट बरामद, भेडेटारबाट एक जना पक्राउ

धनकुटा । साँगुरीगढी गाउँपालिका – ६ स्थित भेडेटार बजारबाट प्रहरीले सात क्वीन्टल बढी परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले अपरान्ह तीन...

गुडिरहेको बसमा एकाएक आगो दन्कियो

काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्