मेची अस्पतालमा कोभिड-१९ को उपचार सुरु

 न्यूज विराट
मेची अस्पतालमा कोभिड-१९ को उपचार सुरु

झापा, २० साउन-मेची अस्पताल भद्रपुरमा कोभिड-१९ को नमुना परीक्षणसँगै सङ्क्रमितको उपचार सुरु गरिएको छ । प्रदेश १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पीसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले २ वटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पिसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए ।

अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो । प्रयोगशालामा भइरहेको कोभिड-१९ को परीक्षणका नमुनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधबारदेखि नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले बताए ।

अस्पतालको आइसोलेसनमा यसअघि कोभिड-१९ का सङ्क्रमितलाई राख्ने गरिएको थिएन तर प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि सङ्क्रमितको उपचारसमेत गर्न थालिएको हो ।

सोमबार विर्तामोड र अर्जुनधारा नगरपालिकाका ५ सङ्क्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले जानकारी दिए ।

प्रदेशसभा सदस्य वसन्त बानियाँले मेची अस्पतालमा कोभिड सङ्क्रमितको उपचार हुनु र पीसीआर प्रयोगशलासमेत सञ्चालनमा आउनु झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङवासीका लागि समेत खुसीको विषय भएको बताए ।

सम्बन्धित समाचार

इलामको छब्बिसेमा सशस्त्रको बिओपी स्थापना

इलाम, १ कात्तिक-नेपाल-भारत सीमावर्ती क्षेत्र छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सूर्योदय नगरपालिका- ४ को सीमावर्ती मेचीबजार छब्बिसेमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औँ बिओपी स्थापना गरिएको हो । सीमा...

कोरोना सतर्कताः विराटनगर विमानस्थलमा साढे ३ हजार जनाको परिक्षण

विराटनगर, फागुन ३०–कोरोनाका विषयमा सतर्कता अपनाउन विराटनगर विमानस्थलमा राखिएको हेल्थ डेक्समा हालसम्म साढे ३ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । विमानबाट विराटनगर आउने यात्रुहरूलाई परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हेल्थ डेक्समा हालसम्म ३ हजार...

सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

वीरगन्ज, ६ भदौ-सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ...

सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीको रकम सरकारी कोषबाटै मिलान गरिने

काठमाडौं, जेठ १२-सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुर तथा कर्मचारीको कोषमा तिर्नुपर्ने योगदन रकम सरकारी कोषबाट मिलान गर्ने भएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा...

माछा पोखरीमा डुबेर १ जनाको मृत्यु

मोरङको मिक्लाजुङ गाउँपालिका–५ धानखेती बस्ने २२ वर्षीय जीवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो आफ्नै घर नजिक रहेको माछा पोखरीमा उनी मृत फेला परेका हुन् । पोखरीमा डुबेर मृत अवस्थामा निजका...

विराटनगरमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी हुँदै

विराटनगर, १८ फागुन । विराटनगरमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी हुने भएको छ । ११२ औँ श्रमिक महिला दिवसको अवसर पारेर नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले आगामी फागुन २३ गते विराटनगरमा महिला...

कोभिड-१९ कोषमा पूर्वराजा शाहले जम्मा गरे २ करोड रुपैयाँ

काठमाडौं, ३० चैत-पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गराएको छ । ज्ञानेन्द्रले हिमानी कोषमार्फत कोषमा उक्त रकम जम्मा गरेका हुन् । पूर्वराजा शाहले ट्विटमार्फत् प्रधानमन्त्री कोरोना रोकथाम, राहत...

बाल संसारको दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर ५ मा रहेकोे बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्