नक्सा जारी गर्न प्रचण्ड–माधव नेपालको भुमिका महत्वपूर्णः मण्डल

 न्यूज विराट
नक्सा जारी गर्न प्रचण्ड–माधव नेपालको भुमिका महत्वपूर्णः मण्डल

विराटनगर, साउन १९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले भारतले अतिक्रमण गरेको लिपुलेक–लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गर्न अन्य नेताहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।

प्रचण्ड पक्षिय नेताका रुपमा चिनिएका मण्डलले प्रतिनिधिसभाबाट अतिक्रमित भुभाग समेटेर नक्सा पास गरि जारि गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको पनि महत्वपूर्ण भुमिका रहेको बताएका हुन् ।

उनले नक्सा जारी गर्दा पार्टीका सवै नेता कार्यकर्ताको महत्वपूर्ण भुमिका रहेको बताए । नेता मण्डलले पार्टीको विधि र पद्धति विपरित प्रधानमन्त्री केपी शर्मा ओली चल्न खोजेकाले दवै पदबाट राजिनामा मागिएको बताए । ‘पार्टीको विधि र प्रकया मिचेर प्रधानमन्त्रीले काम गरेपछि आफ्नै नेताहरुलाई भारतीय दलाल भन्नेर व्याख्या गर्न खोजिएको छ । प्रचण्डले आज सम्म राष्ट्रहित विपरित कुनै सम्धि सम्झौता गर्नु भएको छैन तर पनि उहाँलाई भारतीय दलाल भन्दै प्रचार गरियो ।’ उनले भने,‘को सच्चा राष्ट्रवादी हो विगतका सन्धी सम्झौतामा हस्ताक्षर गर्नेहरु खोजि गर्दा स्पष्ट हुन्छ ।’

उनले प्रधानमन्त्रीले आफ्नो अनुकुल हुँदा राम्रो र प्रतिकुल हुँगा नेताहरुलाई गलत रुपले व्याख्या गरेकाले पनि पार्टी भित्र विवाद सृजना भएको दावी गरे । नेकपा भित्र ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने माग उठ्दै आएको छ । प्रधानमन्त्री ओली कुनै हालतमा दुवै पद नछाड्ने अडानमा रहेका छन् ।

पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि सहमति कार्यम गर्न दुवै अध्यक्षलाई जिम्मा दिइएको छ । सोही कारण स्थायी कमिटीको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । आइतबार देखि दुवै अध्यक्ष सम्बादमा जुटेका छन् । दवै अध्यक्ष बिच सम्वाद जारी रहँदा सकारात्मक संकेतहरु देखिन थालेका छन् ।

सम्बन्धित समाचार

रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोना खोप

एजेन्सी, १९ मंसिर–रुसमा एक लाखभन्दा बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बनायो छात्राका लागि शौचालय

विराटनगर । रोटरी क्लव विराटनगर डाउनटाउनले गायत्री संस्कृत विद्यालय विराटनगरमा छात्राहरूका लागि शौचालय ब्लक बनाइदिएको छ । रोटरीको यो परियोजना निर्माणलाई काठमाडौं लायन्स क्लबले लायन्स राजधानी सेवा केन्द्र, जिल्ला ३२५ एचको सहकार्य र आर्थिक सहयोग...

डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, १२ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गए राति हत्या भएको छ । प्रहरीका अनुसार वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यकरणको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको डोजरको बकेटले हानेर...

प्रदेश १ मा पीसीआरबाट ९ सय ६ जनाको कोरोना परीक्षण, २९ जनामा संक्रमण पुष्टि

विराटनगर, १२ वैशाख-प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरूमध्ये ८७ महिला...

विराटनगरमा सहकारी अभियान्ताहरुबिच होलीको शुभकामना आदानप्रदान

विराटनगर । विराटनगरमा सहकारी अभियान्ताहरुबिच होली पर्वको शुभकामना आदानप्रदान गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड मोरङ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड मोरङको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान गरिएको हो ।कार्यक्रममा सहकारी अभियान्ताहरुले एक आपसमा...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...

घनश्याम भुषाल भन्छन्ः कृषि मन्त्रालयमा नापी शाखा

काठमाडौं, १२ असार-विभिन्न संचारमाध्यमले कृषि मन्त्रालयको नापी शाखाको हवाला दिदै चीनले नेपालको ११ स्थानमा सीमा मिचेको फेक समाचार यतिवेला चर्चामा छ । मुलधारका संचारमाध्यमलेसमेत प्राथमिकताका साथ कृषि मन्त्रालयको नापी शाखाको हवाला दिदै समाचार लेखेपछि कृषि...

मध्य नाइजेरियामा १४ जनाको हत्या

एजेन्सी, साउन १५-बन्दुकधारीको एक समूहले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् ।  राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्