मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, ५ को अवस्था अज्ञात 

 न्यूज विराट
मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, ५ को अवस्था अज्ञात 

सिन्धुपाल्चाेक, १९ साउन-सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जना मृत फेला परेका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको मेलम्ची– ११ स्थित घर पहिरोले पुरिँदा बेपत्ता भएका ८ मध्ये ३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बेपत्ताको खोजीमा जुटेका छन् । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो।

सम्बन्धित समाचार

नेपाललाई हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड

विराटनगर । नेपालले हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड पाएको छ । भारतको पर्यटन मन्त्रालय सँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बंगालको सिलगुढिस्थित पाँचतारे हाेटल मेयफिरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले उक्त अवार्ड...

सूर्य थापा भन्छन्, ‘स्वीस बैंकमा प्रधानमन्त्री ओलीको खाता छैन’

काठमाडौं, ३१ असार-प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर रहेको समाचारप्रति कुनै सत्यता नरहेकाे प्रधानमन्त्री सचिवालले जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बदनियतका साथ अत्यन्त भ्रामक,...

नेपाली भूमि अतिक्रणविरुद्ध तत्काल कदम चाल्नुपर्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरूपमा कब्जा गरेको र आफैँले समेत विवादित...

म्याग्दी पहिरोमा पुरिएर २ जनाको मृत्यु

म्याग्दी, २८ जेठ-म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी...

विराटनगर आएर डा. शेखर कोइरालाले भने-ऐन कानुन संशोधन गरेर निर्वाचन सार्नु हुँदैन

विराटनगर, १६ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले निर्वाचन कुनै बहानामा सार्न...

पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौं, १५ वैशाख-साइबर अपराधमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय धरौटीमा छुटेका छन् । उनी २५ हजार रूपैयाँ धरौटीमा छुटेका हुन् । जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो । साइबर ब्यूरो प्रमुख एसएसपी...

प्रदेश १ मा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ११३ जना थपिए

विराटनगर, २६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

मेशिन थपेर कोरोनाको नमूना परीक्षणको क्षमता दोब्बर बनाइँदै

प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्