घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

 न्यूज विराट
घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

काठमाडौं, १६ साउन-कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गरेका हुन् । मुस्लिम समुदायले शनिबार उक्त पर्व मनाउँदैछन् ।

इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख गर्दै आयोगले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यस पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गरिएको हो । कोरोनाका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविकदेखि नै दैनिकरुपमा मस्जिदमा ५ जनाले मात्रै नमाज पढ्दै आएका छन् ।

इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ । आयोगले कोरोना भाइरस नियन्त्रणका लागि मुस्लिम समुदायले देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ ।

सम्बन्धित समाचार

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता कार्कीलाई...

कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क वितरण

विराटनगर, चैत ९–विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका...

जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा रोक

रकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो । संघीय मामिला तथा...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

नेकपा (एमाले) मोरङको एकै पटक १५८ वडामा आज वडा अधिवेशन हुँदै

विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी...

प्रदेश १ का स्वास्थ्यमन्त्रीलाई पछि पार्दै आर्याल दोब्बर मतले अग्रता

विराटनगर । मोरङ क्षेत्र नं ५(२) प्रदेशतर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले फराकिलो मतअन्तरले अग्रता कायम गरेका छन् । अर्यालले २ हजार ५ सय ९५ मतले आग्रता लिएका हुन् । ९ हजार ५ सय...

कटहरीमामा पनि खोल्यो एमालेले खाता, वडाध्यक्षमा राजवंशी विजयी

विराटनगर, ३१ वैशाख । प्रदेश १ को राजधानी विराटनगरसँगै सीमा जोडिएको मोरङको कटहरी–१ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडाध्यक्षमा हरी राजवंशी ८९४ मतसहित विजय भएका हुन् । सो वडाको वडाध्यक्ष एमालले जितेपनि अन्य...

स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्