लकडाउन खुलेपछि उपत्यकामा कोरोना संक्रमणको जोखिम

 न्यूज विराट
लकडाउन खुलेपछि उपत्यकामा कोरोना संक्रमणको जोखिम

काठमाडौं, १६ साउन-लकडाउन खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौं उपत्यकामा कोभिड– १९ को जोखिम दैनिक रूपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ ।

क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्न सुरक्षाका उपाय अपनाउन सुझाव दिइएको छ ।

काठमाडौँ मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा सुनीलकुमार जोशीले राजधानीमा समेत बढिरहेको कोरोनाको जोखिममा समुदायले आफैँ सुरक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

‘कोभिड १९ नयाँ रोग भएकाले यस रोगको विशेषज्ञ कोही पनि नभएको र ठाउँअनुसार यसको स्वरुप र लक्षणसमेत फरक देखिएको छ, मास्क लगाउनु, साबुन पानीले हात धुनु वा ७० प्रतिशत अल्कोहल भएको स्यानिटाइजरले हात धुनुपर्छ’, डा जोशीले भने, ‘कम्तीमा एक मिटरको दूरी राख्नु र पर्याप्त हावाको आवागमन हुने स्थानमा बस्नु यसबाट बाँच्ने उपाय हो ।’

प्रत्येक दोस्रो व्यक्ति कोरोना लागेको सम्झेर सबैले आफ्नो सुरक्षा व्यवस्था गर्नुपर्ने सुझाव दिँदै उहाँले रोग लागेपछि उपचार नभएकाले लाग्न नदिनुतर्फ ध्यान दिनुपर्नेमा बन्दाबन्दीपछि धेरैले सुरक्षा सतर्कता नअपनाएकाले पनि जोखिम बढेको बताए ।

काठमाडौँ मेडिकल कलेजमा आएका नशाका बिरामी र सुत्केरी महिलाको शल्यक्रिया गरी घर पठाएपछि उनीहरुमा कोभिड– १९ भएको पुष्टि हुँदा सबै डराएर ४०० भन्दा बढी स्वास्थ्यकर्मी र सहयोगीको पिसिआर गर्दा एक जनालाई पनि कोरोना नभएको अनुभव डा जोशीले सुनाए ।

कोरोनाको उपचारको औषधि नभएको अवस्थामा बिरामीलाई भएको अरू दीर्घ रोगको औषधि दिनुका साथै नियमित रूपमा मानसिक परामर्श, मनोरञ्जनको व्यवस्था, इन्टरनेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । रासस

सम्बन्धित समाचार

१० जना कर्मचारीलाई ५८ लाख ३० हजार धरौटीमा छोड्न आदेश, कुन कर्मचारीलाई कति तोकियो धरौटी ?

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आधा करोड बढी घोट्ला गर्ने १० जना कर्मचारीलाई धरौटीमा छोड्न अदालतले आदेश गरेको छ । मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजालशले...

बिहारको मधुबनीमा यात्रुबाहक रेलमा आगलागी

विराटनगर, ७ फागुन । भारतको बिहार राज्य स्थित मधुबनी जिल्लामा एक यात्रु बाहक रेलमा आगलागी भएको छ । मधुबनी रेलवे स्टेशनमा रहेको स्वतन्त्रता सेना एक्सप्रेस ट्रेनमा आगो लागको हो । रेलमा आगो लागेका कारण धुँवाको...

गणतन्त्रमा असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली 

काठमाडौं, १५ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभएर नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवनपद्वति भएको बताएका छन् । उनले लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र...

जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो ।  महानगरले...

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवती र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको हो । बीपी कोइराला...

अध्यादेश ल्याउनु गम्भीर : प्रचण्ड, दुई अध्यक्षले टुंगो लगाउनुस् : नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीको अध्यादेश ल्याउने काम गलत भएको बताएका छन् । खुमलटारस्थित निवासमा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटमा प्रचण्डले अध्यादेश ल्याउने प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन् ।...

विराटनगर दरैयावस्तीबाट लागूऔषध सहित एक युवक पक्राउ

विराटनगर, २९ कात्तिक । विराटनगरको सीमा क्षेत्रबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । आज विहान ११ बजे विराटनगर–१६ स्थित नेपाल–भारत सीमा नजिकैको दरैया बस्तीबाट गोरखाको शहिद गाउँपालिका–७ का २२ बर्षीय मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत ११–सुनसरी र मोरङका दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका–३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्