शुक्रबार देशभर २२४ जनामा संक्रमण पुष्टि, थप १५१ जनाले जिते कोरोना

 न्यूज विराट
शुक्रबार देशभर २२४ जनामा संक्रमण पुष्टि, थप १५१ जनाले जिते कोरोना

काठमाडौं, १६ साउन-शुक्रबार देशभर २२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभकार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२४ जनामा कोरोना संक्रमण देखिएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । कुल संक्रमितमध्ये शुक्रबार सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ ।

आज थप १५१ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । आजसम्म १४ हजार ३९९ जना निको भएर घर फर्किएका छन् । कुल संक्रमितमध्ये ७२.०८ प्रतिशत संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ७६८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिलेसम्म ३ लाख ७५ हजार ४१६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज देशभरका क्वारेन्टाइनमा १२ हजार १११ जना रहेका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा २५ शैय्याको डेंगु उपाचार सेवा संचालन

विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो...

मोरङको ग्रामथान गाउँपालिकाले सञ्चालन गर्यो कोभिड–१९ अस्थायी अस्पताल

विराटनगर, ५ वैशाख । मोरङको ग्रामथान गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई उपचार गराउने उद्धेश्यले ग्रामथान गाउँपालिका वडा न २ स्थित पिडाडवनीमा आइतबारदेखि अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको...

कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं, फागुन २२–महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार र्गयो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे। पार्टी सभापति...

प्रदेश १ मा आइतबार १० जनामा कोरोना पुष्टि, उदयपुरमा फेरी संक्रमण

विराटनगर, जेठ २५–प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । आइतबार विराटनगर महानगरपालिका–३ की २२ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको इनरुवा नगरपालिका–८ का...

नावुनको वार्षिक उत्सवमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर, ४२ जनाको परीक्षण

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क...

पत्रकार निरौला सम्मानित

विराटनगर । दाहाल प्रतिष्ठान केन्द्रीय समिति अन्तर्गत स्थापित विभिन्न कोषबाट तीन सञ्चारकर्मीसहित विभिन्न संस्था सम्मानित भएका छन् । दाहाल प्रतिष्ठान विराटनगरले शनिबार विशेष समारोहको आयोजना गरेर पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सकृय रहेका उदघोष...

रोटरीको चार कसीबारे प्रचार–प्रसार, सिटी रिक्सामा यसरी टाँसियो

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरीको चार कसीबारे प्रचार प्रसार सुरु गरेको छ । क्बले रोटरीका चार मन्त्र स्टीकर बनाएर प्रचार प्रसार गरेको हो ।  मानिसको सोचाई एवम् कार्यशैलीलाई मार्गदर्शन गर्ने रोटरीका चार...

संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौं, १२ मंसिर-संसदको हिउँदे अधिवेशन बोलाउने तयारी सुरु भएको छ । संविधानअनुसार अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बसिसक्नुपर्ने हुन्छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले सरकारले अधिवेशन बोलाउन गृहकार्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्