५ सय तालिबानी जेलमुक्त

 न्यूज विराट
५ सय तालिबानी जेलमुक्त

एजेन्सी, साउन १६-अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार ५ सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन् । ईदका अवसरमा ३ दिने नयाँ युद्धबिराम सुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् ।

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै ५ हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाईसँगै मुक्त भएका राष्ट्रपति घानीले जानकारी दिए ।

अफगान सरकारले यसअघि नै ४ हजार ६ सय  जना बन्दीलाई रिहाई गरिसकेको छ । तर ४ सय जना निकै खतरनाक ठानिएका लडाकूहरुलाई मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको छ ।

तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको बताएको छ । राष्ट्रपति घानीले गम्भीर अपराधको दोष लागेका ४ सय तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताए ।

अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताए । राष्ट्रपतिको उक्त भनाईप्रति तालिबानले कुनै टिप्पणी गरेको छैन । फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी ५ हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका १ हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख थियो ।

गएको बिहीबार तालिबानले आफ्नो कब्जामा रहेका सबै १ हजार सरकारी फौजलाई रिहाई गरिसकेको बताएका छन् । युद्धबन्दीहरुको आदानप्रदान नै शान्ति वार्ताका लागि पूर्वशर्तका रुपमा रहेको थियो । घानी र तालिबानले यसै साता ईद लगत्तै वार्ता सुरु गर्ने संकेत दिएका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा कुकुरको बन्ध्याकरण गर्न सुरू, दुई चरणमा साढे १ हजारको बन्ध्याकरण गरिने

विराटनगर । विराटनगरमा सामुदायिक कुकुरको बिगबिगी बढेपछि बन्ध्याकरणसँगै रेविजविरुद्धको खोप अभियान सुरू गरेको छ । मर्निङवाकमा हिंड्दा पनि सामुदायिक कुकुरको डर मान्दै हिंड्नुपर्ने अवस्था आएपछि विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सोमबारबाट...

विराटनगरमा थ्रिबीज एजुकेसन सञ्चालनमा

विराटनगर । विराटनगरको सनसारीमाइस्थानमा थ्रिबिज एजुकेसन एन्ड भिसा सर्भिस सञ्चालनमा आएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पढाउने थ्रिबिज एजुकेसन सञ्चालनमा आएको हो । उच्च शिक्षा अध्ययनको...

अमेरिकासँग सैन्य गठबन्धन हुँदैन, हामी यसमा प्रस्ट छौँ: प्रधानसेनापति शर्मा

काठमाडौं, ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग सैन्य गठबन्धन नहुने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सैन्य गठबन्धन स्वीकार्य नहुने बताएका हुन् । उनले एसपीपी सम्झौता आफूहरूलाई मान्य नभएको...

१५ बैंक ह्याक गर्ने धम्की, राष्ट्र बैंक भन्छ- त्रासमात्र फैलाउने काम

काठमाडौं, ७ साउन । राष्ट्र बैंकसहित १५ बैंक ह्याक गर्ने भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनीसहित म्यासेज आएपछि बैंकिङ क्षेत्रमा तरङ्ग पैदा भएको छ । नेपाल राष्ट्र बैंक आईटी डिपार्टमेन्टमा कार्यरत कर्मचारीको ग्रुप च्याटमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बाढीपिडितलाई राहत वितरण

विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...

प्रदेश १ मा २५ जेठदेखि ७० हजारलाई भेरोसेल खोप लगाइने, भोलिसम्म सवै जिल्लामा खोप पुग्ने

विराटनगर, २३ जेठ । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका...

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्रीकार्की

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीप्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेनभवनविर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्यामबाबामन्दिरमा प्राण प्रतिष्ठाका लागिभारतको खाटु श्याम बाबाबाट दिव्यशिश र अखण्ड ज्योतिल्याउने समूहको विदाइकार्यक्रममामुख्यमन्त्रीकार्कीले व्यापारी सरकारको...

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको  अभियानअन्तर्गत करीब चार लाख २९ हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्