विराटनगर महानगरले गर्यो लकडाउनको घोषणा

 न्यूज विराट
विराटनगर महानगरले गर्यो लकडाउनको घोषणा

विराटनगर, साउन १६–समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो ।
लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

यसैबीच आज महानगर भित्र थप १० जनामा कोरोना पोजेटिभ देखिएको छ । आज थप ४ महिला र ६ पुरुषसहित १० जना कोरोना संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

योसँगै महानगरभित्रका कोरोना संक्रमितको संख्या १ सय ७ पुगेको छ । कोरोना पोजेटिभ देखिएकामध्ये ४ जना कोसी अस्पतालमा परीक्षण गराएका हुन् भने अन्य ६ जना महानगरकै विभिन्न वडाबाट महानगरले स्वाब संकलन गरेकाहरु हुन् ।

संक्रमितहरुमा तीन जना कोशी अस्पतालका कर्मचारी छन् । विराटनगर–५ का एक महिला र एक पुरुष, विराटनगर–२ का एक महिला र एक पुरुष, विराटनगर–११ का १ महिला र १ पुरुष, विराटनगर–६ का एक पुरुष, विराटनगर १७ का एक पुरुष, विराटनगर १२ का एक पुरुष र वडा नखुलेका अर्का पुरुषमा संक्रमण देखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

प्रयोगशालाहरुबाट रिपोर्ट आउने क्रम नसकिएकोले संक्रमितको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । संक्रमितमध्ये कोशी अस्पतालमा कार्यरत तीन जना कर्मचारी रहेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा : प्रधानमन्त्री ओली

प्रधाममन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेका बताइएका छन् । एक स्थानीय नेपालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि नेपाल पनि कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए । उनले कोरोना नियन्त्रणका लागि...

प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...

कोरोना प्रभाव नदेखिएका देशमा श्रम स्वीकृति नरोकिने

काठमाडौं, फागुन २०–सरकारले कोरोना प्रभाव नदेखिएका देशमा श्रम स्वीकृति जारी गर्न नरोक्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशमा भने श्रम स्वीकृति रोक्न निर्णय भएको जानकारी दिएको छ । मंगलबार...

प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३० असोज–प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिएका छन् । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि सम्ंवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको...

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...

कांग्रेसका ८ सांसदले दर्ता गराए संविधान संशाेधन प्रस्ताव

काठमाडाैं, २० जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका सांसदहरूले पनि संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराएकाे छन्। पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता भई संसदबाट अस्वीकृत भएको संशोधन प्रस्तावलाई नै कांग्रेस सांसदहरूले पुनः दर्ता गराएका हुन् । कांग्रेस...

सुशासन कायममा खरो उत्रिन्छु : डिआइजी ज्ञावली

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउदै सुशासन कायम गराउन खरो रूपमा उत्रिने प्रतिवद्धा जनाएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख भएर कार्यभाग...

इतिहासमै पहिलो पटक सरकार बेखर्ची

काठमाडौं, भदौ ३० । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्