पप्पुसहित ३ निर्माण कम्पनी फेरि परे कालोसूचीमा 

 न्यूज विराट
पप्पुसहित ३ निर्माण कम्पनी फेरि परे कालोसूचीमा 

काठमाडौं, १४ साउन-निर्धारित समयमै काम सम्पन्न नगर्ने ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने कम्पनीमा सुमित रौनियारको पप्पु-प्रगति जे.भी, विरेन्द्र कुमार गुरुङको चमैता निर्माण सेवा र मनोज कुमार दासको माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स रहेका छन् ।

पप्पु-नेपाल प्रगति जेभीलाई २ वर्ष र चमैता मिर्नाण सेवा र सन्तोषी कन्स्ट्रक्सनलाई १/१ वर्ष कालोसूचीमा राखिएको  सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले जनाएको छ ।

आज एक सूचना जारी गर्दै कार्यालयले मंगलबार बसेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ३ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ । ती कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

सम्बन्धित समाचार

विराटनगरमा ५ सहित प्रदेश १ मा ६८ जनामा कोरोना संक्रमण

विराटनगर, ६ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४१५ जनाको एन्टीजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास...

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार थप एक नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार एक ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

मोरङ ४(१) मा काँग्रेसका घिमिरेको सुरुवाती अग्रता

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका गुरुप्रसाद घिमिरेले सुरुवाती अग्रगता कायम गरेका छन् । प्रदेशतर्फ २ हजार १ सय ३९ मत गणना हुँदा घिमिरेले ९ सय ७ मत ल्याएका छन् ।...

मेरिल्याण्ड कलेजद्धारा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई

विराटनगर । विराटनगरको प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक विदाई कार्यक्रम आयोजना गरेको छ । व्यवस्थापन शिक्षाको क्षेत्रमा उत्कृष्ट कलेजको रूपमा परिचित यस संस्थाले १९ औं ब्याचका ७१३ जना विद्यार्थीहरूलाई...

बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले...

कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र...

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल

काठमाडौं, ७ साउन । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार परिसंघको १८औं वार्षिक साधारणभामार्फत उनी अध्यक्ष बनेका हुन् । अग्रवालले परिसंघमा परिष्ठ उपाध्यक्ष हुँदा इन्टरप्रेनर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्