कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सचेत हुनुपर्नेमा जोड

 न्यूज विराट
कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सचेत हुनुपर्नेमा जोड

विराटनगर, साउन १३–कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सतर्क हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कोभिड १९ संवन्धि छलफल कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमणको दर बृद्धि भएको बताए । केही समयदेखि घटेको संक्रमण पछिल्लो एक सातामा बढेर गएको उनले बताए ।

संक्रमण बढेसँगै सचेतना आवस्यक रहेकोमा उनले जोड दिए । व्यक्ति आँफै सतर्क नभए संक्रमण झन बढेर जाने मन्त्री घिमिरेले बताए । कोरोना संवन्धि सतर्कता नअपनाउनेलाई कानुनको सहारा लिएर भएपनि सर्तकता अपनाउन लगाउनुपर्नेमा उनको जोड छ ।

लकडाउनले संक्रमण नियन्त्रण हुने नदेखिएकाले व्यक्ति आँफै सतर्क हुने समय आएको मन्त्री घिमिरेले बताए । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरुले सार्वजनिक सेवा बन्द गर्दैमा संक्रमण नियन्त्रणमा नआउने देखिएकाले सेवाग्राहीको रेकर्ड राखेर सेवा प्रवाह गर्नुपर्ने बताए ।

उनले व्यक्ति सचेत हुने बेला आएको बताए । निजि अस्पताल सञ्चालकहरुको संगठन (अफिन)का प्रदेश १ संयोजक डा. सुनिलचन्द्र अधिकारीले कोरोना संक्रमणबाट जोगिनका लागि अनुशासन आवस्यक रहेकोमा जोड दिए ।

उनले होम आईसोलेसनमा बस्न सक्नेहरुलाई त्यस्तो सुविधा सरकारले दिनुपर्ने बताउनुभयो । मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले अनुशासनमा बस्न नसके संक्रमण नियन्त्रणमा समस्या हुने बताए ।

सीमामा सुरक्षा व्यवस्था कडा बनाईएको उनले बताइए । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक डा. डेनप्रसाद आचार्यले संक्रमण बढेसँगै सरकारले संक्रमितको उपचार गर्न नसक्ने भएकाले ब्यक्ति आँफै सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुनसरीको दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, नेकपा मोरङका नेता रामलाल साह, नेकपा विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा, नेपाली काँग्रेस विराटनगर कार्यबहाक सभापति अरुण न्यौपानेले प्रदेश सरकारले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगरको कोरोना संक्रमणको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

क्वारेन्टाइनमा सामूहिक बलात्कारका ३ आरोपीमाथि अनुसन्धान शुरु

धनगढी, १ असार-कैलालीको लम्कीमा क्वारेन्टाइनमा रहेकी महिनामाथि सामूहिक बलात्कारको आरोप लागेका तीनै जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । लम्कीचुहा नगरपालिका-१ मा रहेको शहीद स्मृति माध्यामिक विद्यालयमको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलाले आफूमाथी जबरजस्ती करणी भएको भन्दै...

सञ्चारकर्मी सञ्चार सहकारीको अध्यक्षमा दाहाल, लेखा संयोजकमा अविनाश निधी

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको अध्यक्षमा पत्रकार दिपक दाहाल सर्वसम्मत चयन भएका छन् । विराटनगरमा बुधबार भएको सहकारीको ११ औँ साधारण सभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा महाप्रसाद...

मन्त्री मगरद्वारा १ सय क्विन्टल चामल सहयोग

कञ्चनपुर, २ वैशाख-खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले ४ स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराएकी छिन् ।मन्त्री मगरले निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल...

सामाजिक विकास मन्त्रालयद्धारा उदयपुरमा होमीयोपेथिक औषधि हस्तान्तरण

विराटनगर, वैशाख ३०–प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिक औषधि हस्तान्तरण गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका...

रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन

काठमाडौं, १९ वैशाख-रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ ।  सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा गएराति बाटो नै निधन भएको अधिकारीकी कान्छी छोरी अल्पना रेग्मी बताइन् । कांग्रेस...

विराटनगर आएर डा. शेखर कोइरालाले भने-ऐन कानुन संशोधन गरेर निर्वाचन सार्नु हुँदैन

विराटनगर, १६ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले निर्वाचन कुनै बहानामा सार्न...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

एनआइसी एसिया बैंक ‘पीडीत’ समुह गठन, बैंकविरुद्ध आन्दोलन गर्ने

काठमाडौं, ३० कात्तिक । एनआइसि एसिया बैंकबाट पीडीत ग्राहक तथा ऋणीहरुले आन्दोलन गर्ने भएका छन् । केहीदिन अघि काठमाडौंमा भेला भएर बैंकबाट पीडित भएको भन्दै उनीहरु आन्दोलित हुने भएका हुन् । सो बैंकले पीडित बनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्