आजदेखि ४ दिन भारी वर्षाको सम्भावना

 न्यूज विराट
आजदेखि ४ दिन भारी वर्षाको सम्भावना

काठमाडौं, १२ साउन-नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो ४ दिनसम्म मौसम नखुल्ने भएको छ । मौसमविद्का अनुसार अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि अझै ४ दिन मौसम नखुल्ने भएको हो ।

न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै वर्षाको उच्च जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पूर्वी तथा मध्य भूभागमा हल्कादेखि भारी वर्षा हुने जनाइएको छ । भारी वर्षा हुने स्थानमा बाढी र पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

अन्यत्र पनि बाढी र डुबानको खतरा रहनेछ । यसपालाको मनसुन नेपालको पश्चिमी भागमा केन्द्रित हुँदैछ । विभागले जारी गरेको विशेष बुलेटिनअनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदूरपश्चिमका थोरै स्थानमा तथा  कर्णाली प्रदेशको १/२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । साउन १३ गतेदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम र मध्यपहाडी भेग भई बग्ने नदीमा जल सतह उच्च हुनेछ ।

सम्बन्धित समाचार

विराटनगरमा २७ सहित प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

सञ्चालक चिकित्सकमा कोरोना पुष्टि भएको विराट नर्सिङ्ग होम सञ्चालनमा

विराटनगर, साउन १९–विराटनगरस्थित विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल) शिल भएको दुई सातापछि सोमबारबाट सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालकसमेत रहेका डा. ज्ञानेन्द्रमानसिंह कार्कीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले गत साउन ८ गते अस्पताल शिल...

पारिश्रमिक नपाएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी...

हैटीमा गएको शक्तिशाली भूकम्पमा मृतकको संख्या ३ सय नाघ्यो

काठमाडौं, साउन ३१।  हैटीमा गएको शक्तिशाली भूकम्पमा ३ सयजनाभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको आधिकारिक पुष्टी भइसकेको छ भने सरकारले संकटकालिन अवस्थाको घोषणा समेत गरेको छ । ७...

महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी

विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ।महिला उद्यम समितिकी संयोजक श्रुति शर्माको...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

२४ घण्टामा थप १ हजार २२८ जनामा संक्रमण

काठमाडौं, १८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

प्रदेश १ को मन्त्रिपरिषद् बैठक, परिणाममुखी काम गर्न निर्देशन

प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशका मन्त्रीहरूलाई साझा न्यूनतम कार्यमा दत्तचित्त भएर परिणाममुखी काम गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आइतबार बसेको बैठकले वित्तीय क्षेत्रमा सुशासन कायम गर्न र जोखिम न्यूनीकरण गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्