कूल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन

 न्यूज विराट
कूल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १२ साउन-बैंक तथा वित्तीय संस्थाले आगामी ३ वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि क्षेत्रमा संलग्न गराउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले कृषिलाई प्रमुख प्राथमकितामा राखेको हो । 

कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी बढाउने, कृषि उद्यमको विकास तथा विस्तार गर्ने सोचका साथ केन्द्रीय बैंकले कर्जाको प्राथमिकता प्राप्त क्षेत्रका रुपमा कृषिलाई राखेको हो । सरकारले समेत कृषिमा आत्मनिर्भर हुने गरी चालू आवको बजेटमा विशेष कार्यक्रम समावेश गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम, बजेट तथा यही साउन २ गते सार्वजनिक भएको मौद्रिक नीतिमा आधारित रहेर केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गरेको हो । निर्देशिकाअनुसार विसं २०८० सम्म कृषि क्षेत्रमा १५ प्रतिशत कर्जा अनिवार्य रुपमा लगानी गर्नुपर्ने छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा आधारित रहेर जारी गरेको एकीकृत निर्देशिका अनुसार २०७८ असार मसान्तसम्म कृषिमा ११ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यस्तै २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० सालसम्म १५ प्रतिशत कृषि क्षेत्रमा अनिवार्य रुपमा नै लगानी गर्नुपर्ने भएको छ ।

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशिका अनुसार २०८१ असार मसान्तसम्म कूल कर्जाको १० प्रतिशत अनिवार्य रुपमा ऊर्जा क्षेत्रमा नै लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार २०७८ असार मसान्तसम्म ६ प्रतिशत, २०७९ असार मसान्तसम्म ७ प्रतिशत, २०८० असार मसान्तसम्म ९ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत कर्जा अनिवार्य रुपमा ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार २०८१ असार मसान्तसम्म न्यूनतम १५ प्रतिशत कर्जा लघु साना एवं मझौला उद्यमका क्षेत्रमा रु एक करोडभन्दा कम रकमका कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । कृषि, घरेलु तथा साना उद्यम, व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा २०८१ असार मसान्तसम्म ‘ख’ वर्गका बैंकले अधिकतम २० प्रतिशतसम्म कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरिएको छ ।

एकीकृत निर्देशिका अनुसार २०७८ असार मसान्तसम्म ख वर्गका बैंकले १६ प्रतिशत लगानी गर्दा ग वर्गका बैंकले ११ प्रतिशत लगानी गर्नुपर्ने छ । यस्तै, २०७९ असार मसान्तसम्म ख वर्गका बैंकले १७ प्रतिशत लगानी गर्दा ग वर्गकाले १२ प्रतिशत अनिवार्यरुपमा लगानी गर्नैपर्नेछ ।

त्यस्तै २०८० असार मसान्तसम्म ख वर्गका बैंकले १९ प्रतिशत लगानी गर्दा ग वर्गकाले १४ प्रतिशत अनिवार्यरुपमा लगानी गर्नुपर्ने एकीकृत निर्देशिकामा उल्लेख छ । यसैगरी २०८१ असार मसान्तसम्म ख वर्गका बैंकले २० प्रतिशत लगानी गर्दा ग वर्गकाले १५ प्रतिशत अनिवार्य रुपमा लगानी गर्नुपर्ने प्रावधान समेटिएको छ ।

केन्द्रीय बैंकको निर्देशनअनुसार एक वर्षभन्दा बढी ‘ग्रेस’ अवधि भएका ऊर्जालगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनामा प्रवाहित असल कर्जाको ग्रेस अवधिसम्म हेर्ने व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष एक प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने भएको छ ।

यस्तै, ऊर्जा क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन ऊर्जा क्षेत्रमा लगानीको अनुभव हासिल गरेका वाणिज्य बैंकले सम्बन्धित निकायबाट स्वीकृति लिई उर्जा ऋणपत्र जारी गर्न सक्ने व्यवस्थालाई केन्द्रीय बैंकले थप प्रष्ट पारेको छ ।

विद्युत् आयोजना निर्माण गरी ऊर्जा निर्यात गर्न शुरु गरेका परियोजनामा प्रवाहित कर्जालाई निर्यात शुरु गरेको पाँच वर्षसम्म र जलाशययुक्त जलविद्युत् आयोजनामा प्रवाहित कर्जालाई कर्जा अवधिभर आधारदरमा एक प्रतिशत विन्दुसम्म मात्र थप गरी कर्जा प्रदान गर्नुपर्ने छ । यस्तो व्यवस्थाले नेपालको ऊर्जा क्षेत्रमा दिगो लगानीको वातावरण बन्ने र थप लगानी विस्तार हुने विश्वास लिइएको छ । – रासस

सम्बन्धित समाचार

स्टाफ नर्सको हत्या प्रेमीले गरेको आशंका, तीन दिन अगाडी विराटनगर आएका थिए प्रेमी

विराटनगर – विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थोबिभागमा कार्यरत २२ वर्षीया स्टप नर्स चन्द्रिकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ । सिराहको फुल्काहकट्टी घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर विराटनगर–४ बुढाथोकी मार्ग स्थित...

१४ हजार बढी क्वारेन्टाइनमा, कम बागमती र सबैभन्दा बढी प्रदेश ५ मा

काठमाडौं, १३ वैशाख-कोरोना भाइरसका संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १४ हजार बढी व्यक्ति देशभरका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न ठाउँमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य...

नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल

विराटननगर, ३० भदौ । नेकपा (एमाले) मोरङको बुधबार बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा पुनः ऋषिकेश पोखरेललाई चयन गरेको छ । २०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण...

कोरोना भाइरस नियन्त्रणबारे के भने प्रधानमन्त्रीले (सम्बोधनको पूर्णपाठ)

प्रधामन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का विषयमा देशवासीका नाम सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा भइरहेको तयारीबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको सम्बाेधनकाे पूर्ण पाठ आदरणीय...

कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको निन्दा

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । पार्टी प्रवक्ता...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

आज ५०२ संक्रमित थपिए, २८७८ डिस्चार्ज

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...

नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज लिदै शपथ, सानो मन्त्रिमण्डल विस्तारको तयारी

विराटनगर । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज विहान ९ बजे शपथ ग्रहण गर्ने भएका छन् । उनलाई प्रदेश प्रमुख परर्शुराम खापुङबाट शपथ ग्रहण गराउनेछन् । थापालाई प्रदेश प्रमुख खापुङ्गले हिजो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्